१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format o७:४२:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

बागमती प्रदेश सभामा एमाले सांसद र मर्यादापालकबीच घम्साघम्सी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o७:४२:oo

प्रदेश प्रमुख यादवचन्द्र शर्माले पुनर्विचारका लागि सभामा फिर्ता पठाएको ‘प्रदेशस्तरको चिट्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सरकारले सभामा पुनः पेस गर्न लागेपछि हंगामा

बागमती प्रदेश सभाको सोमबारको बैठकमा घम्साघम्सी भएको छ । बागमती प्रदेश सरकारले चिट्ठा विधेयक पेस गर्न खोजेपछि प्रमुख प्रतिपक्षी दल एमालेका सांसद र मर्यादापालकबीच घम्साघम्सी भएको हो । 

प्रदेश प्रमुख यादवचन्द्र शर्माले सन्देशसहित पुनर्विचारको लागि सभामा फिर्ता पठाएको ‘प्रदेशस्तरको चिट्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सरकारले पुनर्विचारका लागि पेस गर्न खोजेपछि एमाले सांसदहरूले अवरोध गरेका थिए । गत ७ जेठमा प्रदेश प्रमुख शर्माले उक्त विधेयकमाथि पुनर्विचार गर्नुपर्ने भन्दै प्रदेश सभामा फिर्ता पठाएका थिए । तर, बागमती प्रदेश सरकारले उक्त विधेयकमा विनाकुनै परिवर्तन र संसद्लाई सूचना नै नदिई सदनमा पेस गर्न खोजेको थियो ।

सभामुख भुवनकुमार पाठकले आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठको तर्फबाट प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिं लामालाई उक्त विधेयक सदनमा पेस गर्न अनुमति दिएलगत्तै एमाले सांसद केशवप्रसाद पोखरेलले उठेर आपत्ति जनाएका थिए । सांसद पोखरेलको आपत्तिका बाबजुद मन्त्री लामाले उक्त विधेयक प्रस्तुत गरेपछि एमाले सांसदहरू नाराबाजी गर्दै रोस्ट्रमतर्फ बढेका थिए । मन्त्री लामा नरोकिएको भन्दै सांसदहरू रोस्ट्रम घेर्न पुगेपछि मर्यादापालकले छेक्ने क्रममा घम्साघम्सी भएको हो ।

एमाले सांसद पोखरेलले सरकारले प्रदेश प्रमुखबाट विधेयक किन फिर्ता भएको हो? के–के विषयमा टिप्पणी गरिएको छ? भन्ने विषयमा सांसदहरूलाई जानकारी नै नदिई गलत बाटोबाट विधेयक पेस गर्न खोजेकाले विरोध गर्नुपरेको बताएका थिए । उनले विधेयक फिर्ता हुनुपरेका कारणहरू स्पष्ट पारेर र सूचना दिएर विधिवत् बाटोबाट विधेयकलाई सदनमा पेस गर्न र तत्काल उक्त विधेयक प्रस्तुत गर्ने विषय कार्यसूचीबाट हटाउन माग गरेका थिए । मन्त्री लामाले सदनमा विधेयक पेस गर्न नरोकिएपछि र एमालेका सांसदहरूले होहल्ला गर्न नछोडेपछि सभामुख पाठकले १५ मिनेट बैठक स्थगित गरेका थिए । तर, सहमति जुट्न नसकेपछि १६ असोजमा पुनः बस्ने गरी बैठक स्थगित भएको छ ।