१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १५ सोमबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o असोज १५ सोमबार १५:३८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सभामुख घिमिरेलाई औषधि व्यवसायी संघको ज्ञापनपत्र 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज १५ सोमबार १५:३८:oo

नेपाल औषधि व्यवसायी संघले सभामुख देवराज घिमिरेलाई ‘औषधि तथा स्वास्थ्य सामग्री (नियमन तथा नियन्त्रण) ऐन’सम्बन्धी विधेयकका कतिपय प्रावधानमा असहमति जनाउँदै ज्ञापनपत्र बुझाएको छ।

संघका उपाध्यक्ष रामचन्द्र शर्मा नेतृत्वको प्रतिनिधिमण्डलले औषधि व्यवसायी संघजस्ता सरोकारवालासँग छलफल नगरी ऐन ल्याइएको भन्दै असन्तुष्टि जनाएको छ। 

संघका अध्यक्ष प्रकाशकुमार खण्डेवालद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा ‘औषधि तथा स्वास्थ्य सामग्री सल्लाहकार समिति’ मा नेपाल औषधि व्यवसायी संघलाई सदस्य नराखिएकाले संशोधन माग गरिएको छ। 

‘औषधिजस्तो संवेदनशील वस्तुसम्बन्धी ऐनको मस्यौदा बनाउँदा ५० वर्षभन्दा बढी यही क्षेत्रमा योगदान गरेको महत्वपूर्ण सरोकारवाला संस्था नेपाल औषधि व्यवसायी संघलाई सम्बन्धित पक्षले कुनै पनि जानकारी नदिएको व्यहोरासमेत अवगत गराउँदछौँ,’ ज्ञापनपत्रमा भनिएको छ। संस्थागत प्रतिनिधित्व सुनिश्चित हुने गरी संघले संशोधन विवरणसमेत पेस गरेको छ।

प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले १२ असोजमा गैरसरकारी विधेयक दर्ता गराएका थिए। सभामुख घिमिरेले संघको मागबारे आफ्नो ध्यानाकर्षण भएको बताउँदै आवश्यक छलफल गर्ने उल्लेख गरे। संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले गैरसरकारी विधेयकका प्रक्रियाबारे जानकारी गराएका थिए।