१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १७:१६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

शम्भुनाथका निलम्बित मेयर गुप्ता भ्रष्टाचार मुद्दामा दोषी ठहर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:१६:oo

सप्तरीको शम्भुनाथ नगरपालिकाका निलम्बित मेयर जितेन्द्र गुप्ता भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। 

नगरपालिका प्रमुख जितेन्द्रप्रसाद गुप्तालाई विशेष अदालतले ६ महिना कैद सजाय तोकेको छ। उनलाई ७० हजार रुपैयाँ जरिवानासमेत हुने भएको छ। 

गुप्तासमेत दुईजना प्रतिवादी मुद्दामा विशेषले शुक्रबार फैसला दिएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको ६ महिनापछि विशेषले फैसला सुनाएको छ। 

विशेषका उपरजिस्ट्रार धनबहादुर कार्कीका अनुसार यस मुद्दाका अर्का प्रतिवादी इन्जिनियर रामचन्द्र साहलाई पनि उति नै कैद र जरिवाना हुने भएको छ। न्यायाधीशहरू यमुना भट्टराई, बलभद्र बास्तोला र खुसीप्रसाद थारूको इजलासबाट यस्तो आदेश आएको हो। 

१७ फागुन ०७९ मा अख्तियारले नगरप्रमुख गुप्ता र इन्जिनियर साहलाई प्रतिवादी बनाई मुद्दा दायर गरेको थियो। उनीहरू दुवैले मिलेमतोमा सेवाग्राहीसँग एक लाख ४० हजार रुपैयाँ घुस लिएको दाबी अख्तियारको थियो।

विद्यालयको सभाहल निर्माणका क्रममा अन्तिम बिल भुक्तानीका लागि उक्त रकम इन्जिनियर साहले घुस मागेका थिए।