१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:१७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दोलखामा सुन तस्करी गर्ने युवक काठमाडौंबाट पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:१७:oo

दोलखाको लामाबगरबाट सुन तस्करीमा संलग्न भएको आरोपमा प्रहरीले काठमाडौंबाट एक युवकलाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दोलखाको बिगु गाउँपालिका– १ का राज तामाङलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय दोलखाको आग्रहमा उनलाई पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए।

जिल्ला प्रहरी कार्यालय दोलखाले बुधबार बिगु गाउँपालिका– ३ बाट तस्करीको चार किलो सुन बरामद गरेको थियो। तस्करीमा संलग्न थप व्यक्तिमाथि अनुसन्धान भइरहेको र थप सुनको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ।

तस्करीको अनुसन्धानका लागि सिआइबीको टोली पनि दोलखा पुगेको छ।