१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १५:३o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सप्तरीको योगीनियामा आगलागी, जलेर चार घर नष्ट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:३o:oo

सप्तरीको हनुमाननगर क‌ंकालिनी नगरपालिका– ५ योगीनियास्थित दलितबस्तीमा आज बिहान आगलागी हुँदा चार घर जलेर नष्ट भएका छन्।

भगवती मन्दिरनजिकै रहेको रोहित रामको घरमा आगलागी हुँदा चारवटा जस्ताले छाएका घर, खाद्यान्न सामग्री, दुई गाई, दुई साइकल, लत्ताकपडा, भाँडाकुँडा, फर्निचरका सामान जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ।

गाईको गोठमा लामखुट्टे धपाउन बालेको घुरबाट अचानक आगो सल्केर आगलागी भएको इलाका प्रहरी कार्यालय हनुमाननगरका प्रहरी नायब निरीक्षक शत्रुघ्न राउतले जानकारी दिए। उनका अनुसार आगलागीका कारण करिब रु. सात लाखबराबरको क्षति भएको छ।

स्थानीयवासी, हनुमानगर क‌ंकालिनी नगरपालिकाको वारुणयन्त्र र हनुमाननगरको प्रहरी टोलीले आगलागी नियन्त्रणमा लिएको थियो।