मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १३ बुधबार
  • Wednesday, 29 November, 2023
२०८० असोज १२ शुक्रबार १०:११:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

मिड सोलु हाइड्रोपावरको साधारण सेयर बाँडफाँट

Read Time : < 1 मिनेट
२०८० असोज १२ शुक्रबार १०:११:००

 एनआइसी एसिया क्यापिटल लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा मिड सोलु हाइड्रोपावर लिमिटेडको सर्वसाधारणलाई निष्कासन गरिएको साधारण सेयर बाँडफाँट गरिएको छ । कम्पनीको जारी पुँजी ७४ करोड ८४ लाख रुपैयाँको २० प्रतिशत अर्थात् एक सय रुपैयाँ अंकित दरका १४ लाख ९६ हजार आठ सय कित्ता सेयर बाँडफाँट गरिएको हो ।

जसमध्ये सात लाख ४८ हजार चार सय कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि, त्यत्ति नै कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीलाई निष्कासन गरी पहिल्यै बाँडफाँट भइसकेको क्यापिटलले जनाएको छ । सामूहिक लगानी कोषलाई छुट्याइएको ३७ हजार चार सय २० कित्ता सेयर र कर्मचारीलाई छुट्याइएको १४ हजार नौ सय ६८ कित्ता सेयरसमेत बाँडफाँट गरी बाँकी ६ लाख २१ हजार एक सय ७२ कित्ता साधारण सेयर बाँडफाँट गरिएको जनाइएको छ । 

सेयर रजिस्ट्रारमा पनि एनआइसी एसिया क्यापिटल
मिड सोलु हाइड्रोपावरले सेयर रजिस्ट्रारमा पनि एनआइसी एसिया क्यापिटललाई नियुक्त गरेको छ । सेयर रजिस्ट्रार सेवाअन्तर्गत मिड सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको संस्थापक समूह तथा सर्वसाधारणमा निष्कासन गरिएका साधारण सेयरहरू सिडिएस एन्ड क्लियरिङ लिमिटेडमा दर्ता गर्ने, नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सेयर कारोबारका लागि सूचीकरण गर्ने तथा सेयरधनीको हितग्राही खातामा सेयर जम्मा गरिदिने, कारोबार भएका सेयरहरूको अभिलेख राख्ने, दाखिल खारेज गर्ने, सेयरधनी लगत अद्यावधिक गरी राख्नेलगायतका काम गर्ने जनाइएको छ ।