१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
दीपक भट्ट रामेछाप
Invalid date format १५:४५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पर्यटकलाई स्वागत गर्दै मनाइयो ४४औँ विश्व पर्यटन दिवस 

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
Invalid date format १५:४५:oo

४४औँ पर्यटन दिवसको अवसरमा रामेछाप होटेल तथा पर्यटन व्यवसायी संघले सोलुखुम्बु र सगरमाथा क्षेत्र भ्रमणको क्रममा मन्थली विमानस्थलमा आएका विदेशी पर्यटकहरूलाई स्वागत गरी बिहीबार पर्यटन दिवस मनाएका छन्। 

पर्यटन दिवसको अवसरमा रामेछाप भूमि हुँदै सोलुखुम्बु र सगरमाथा क्षेत्रतर्फ हिँडेका विदेशी पाहुनालाई मन्थलीमा खादा र नेवारी भाषाको कल्चर देखाएर स्वागत गरिएको रामेछाप होटेल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष शेखरमान श्रेष्ठले जानकारी दिए। 

केही दिनदेखि मन्थली विमानस्थलबाट सीता, तारा र समिट एयरले मन्थली–लुक्ला उडान भर्दै आएका छन्। नेपाल घुम्न आएका विदेशी पर्यटकहरूलाई मन्थली विमानस्थलबाट सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थलसम्म आउजाउ गर्न सहज भएको छ। 
नागरिक उड्डयन प्राधिकरणले वर्षमा दुईपटक चैतदेखि जेठ महिनासम्म (वसन्त ऋतु) र असोज पहिलो सातादेखि मंसिर १५ गतेसम्म (शरद ऋतु) मन्थली विमानस्थलबाट सोलुखुम्बुको लुक्ला पर्यटक लैजाने व्यवस्था गरेको छ। अहिले मन्थली विमानस्थलबाट दैनिक सरदर ३२ वटा उडान हुँदै आएका छन्। 

जसमा दैनिक पाँच सयभन्दा बढी पर्यटक सगरमाथा क्षेत्रतर्फ जाने गरेको नागरिक उड्डयन प्राधिकरण रामेछापले जनाएको छ।