१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार १o:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

जाउलाखेलमा जुत्ताचप्पल व्यापार मेला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १o:३७:oo

 ललितपुरको जाउलाखेल मैदानमा बडादसैँ जुत्ताचप्पल मेला सुरु भएको छ । तिन कात्तिकसम्म चल्ने मेला वडादसैँ पर्वलक्षित भएकाले नयाँनयाँ डिजाइनका जुत्ताचप्पल आकर्षक मूल्यमा उपलब्ध गराउने उद्देश्यसहित मेला आयोजना गरिएको हो । 

मेलामा नेपालका जुत्ताचप्पल ब्रान्डहरू रोयल सुज, बिएफ डियर हिल, बिएफ स्पोर्ट, क्रसरोड सुज, फस्र्टवाक सुज, सिल, हाईलाइफ, केटिएम, डिजे सुज, बेली सुज, उत्सव र कोसेली सुज गरी ११ कम्पनी र ब्रान्डको सहभागिता रहेको छ । मेलामा तीन हजारभन्दा बढी मोडेल र डिजाइनका जुत्ता उपलब्ध रहेको आयोजकले जनाएका छन् ।

नेपाली र गुणस्तरीय नेपाली उत्पादन मात्र रहेको मेलामा नयाँ उत्पादन पनि लन्च गरिएको जनाइएको छ । मेला अवधिभर न्यूनतम २० प्रतिशतदेखि कतिपय उत्पादनमा ५० प्रतिशतसम्म छुटको व्यवस्था मिलाइएको आयोजकको भनाइ छ । मेला अवधिभरमा तीन लाख अवलोकनकर्तालाई अवलोकन गराउने लक्ष्य राखिएकाले आयोजकले निःशुल्क प्रवेशको व्यवस्था गरेका छन् । 
 

ad
ad