१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १० बुधबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o असोज १० बुधबार १८:o२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पाटनमा १० देशका कूटनीतिक अधिकारीहरूको अवलोकन भ्रमण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज १० बुधबार १८:o२:oo

नेपालस्थित अमेरिका, बेलायतलगायत विभिन्न १० देशका कूटनीतिक नियोगका अधिकारीहरूले पाटनका पुरातात्विक एवं ऐतिहासिक सम्पदाहरूको अवलोकन भ्रमण गरेका छन्।

पाटन क्षेत्रका सम्पदाको संवर्द्धन र प्रर्वद्धन गर्ने उद्देश्यसहित रोटरी क्लब अफ पाटन हेरिटेज र द कन्स्युलेट अफ द रिपब्लिक मरिसस काठमाडौंको संयुक्त समन्वयमा मंगलबार पाटन क्षेत्रको अवलोकन भ्रमण आयोजना गरिएको नेपालका लागि मरिससका वाणिज्यदूत गणेश कार्कीले बताए।

अमेरिका, बेलायत, स्विजरल्यान्ड, पाकिस्तान, श्रीलंका, मलेसिया, थाइल्यान्डलगायतका १० भन्दा धेरै देशका राजदूत र कूटनीतिक नियोग प्रमुखहरूले पाटन ढोकाबाट पाटन दरबार स्क्वायरसम्मका दर्जनौँ सम्पदाको अवलोकन गरेका थिए।

सम्पदा अवलोकनमा रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानका पूर्वगभर्नर दिलेन्द्रराज श्रेष्ठ, निर्वाचित गभर्नर राजेन्द्रमान शेरचन, मरिससका तर्फबाट नेपालका लागि वाणिज्यदूत तथा रोटरी क्लब अफ पाटन हेरिटेजका संस्थापक अध्यक्ष गणेश कार्की, वर्तमान अध्यक्ष सोनु शाक्य, ललितपुर महानगरपालिकाका विभिन्न वडाका जनप्रतिनिधि तथा कर्मचारी, स्थानीय सम्पदासम्बन्धी जानकारहरू, रोटरी क्लब अफ पाटनका पदाधिकारीहरू, सदस्यहरू तथा रोट्रयाक्टका प्रतिनिधिहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो।

पाटनढोकाबाट सुरु भएको अवलोकन भ्रमण मिखा बहाल, गणेश मन्दिर, गोल्डन टेम्पललगायत दर्जनभन्दा बढी सम्पदाहरूको अवलोकनपछि पाटन दरबार स्क्वायरमा पुगेर समापन भएको थियो।

पाटन क्षेत्रभित्रका पुरातात्विक तथा ऐतिहासिक सम्पदाको जानकारी दिनुका साथै मरिसस र नेपालको सम्बन्ध विस्तार गर्ने उद्देश्यले भ्रमण आयोजना गरिएको नेपालका लागि मरिससका वाणिज्यदूत कार्कीले बताए।