१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
तिवारी यादव वीरगन्ज
Invalid date format १७:१५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बैंकिङ कसुरमा पक्राउ परेका दिलीपमाथि अनुसन्धान गर्न सात दिन म्याद थप

समाचार प्रभाव 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:१५:oo

रौतहतको परोहा नगरपालिका ३ स्थायी घर भई वीरगन्ज बस्दै आएका ३५ वर्षीय दिलीपकुमार साहलाई बैंकिङ कसुर मुद्दामा अनुसन्धानको लागि अदालतबाट म्याद थप भएको छ।

बैंकिङ कसुरमा पक्राउ परेका दिलीपलाई अनुसन्धान गर्न जिल्ला अदालत रौतहतले सात दिनको म्याद थप गरेको सरकारी वकिल बद्रीनाथ कार्कीले जानकारी दिए।  

मुद्दा फाँटका प्रहरी निरीक्षक उमाशंकर गुप्ताले पक्राउ परेका साहलाई अनुसन्धान गर्न अदालतबाट म्याद थप भएको बताए। 

९ असोज मंगलबार वीरगन्जको दुर्गा हलअगाडिबाट उनलाई रौतहट प्रहरीले बैंकिङ कसुर मुद्दामा पक्राउ गरेर अदालतबाट म्याद थप नगरी नियन्त्रणमा राखेको थियो। 

केही घन्टाअगाडि नयाँ पत्रिका दैनिकले बैंकिङ कसुरमा दिलीपकुमार पक्राउ, छुटाउन म्याद थप नभएको आरोप भने शीर्षकमा समाचार लेखेको थियो। 

प्रहरी स्रोतका अनुसार ३१ लाखको बैंकिङ कसुर मुद्दामा पक्राउ परेका साहलाई अनुसन्धानमा राखेर रौतहट प्रहरीले छोड्ने प्रयासमा लागेको आरोप थियो। बैंकिङ कसुर मुद्दामा फरार रहेका साहलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय रौतहतले पर्सा प्रहरीलाई गत भदौ ३१ पत्रचार गरेको थियो। 

सोहीअनुसार पर्सा प्रहरीलाई जानकारी दिएर साहलाई रौतहट प्रहरीले नियन्त्रणमा राखेर हालसम्म अदालतमा लगेर म्याद नथपेको र छोड्ने तयारी गरेको प्रहरी स्रोतले जनाएको थियो।साह पक्राउ परेको २४ घण्टाभन्दा बढी समय बितिसक्दा पनि अदालतबाट अनुसन्धानको लागि म्याद थपिएको थिएन। 

पर्साको पकाहामैनपुर गाउँपालिका स्थायी घर भई वीरगन्ज बस्दै आएका सुनील पाण्डेले जिल्ला प्रहरी कार्यालय रौतहटमा साहको विरुद्धमा बैंकिङ कसुरमा जाहेरी दर्ता गराएका थिए। सोहीअनुसार ०८० जेठ २९ गते साहलाई जिल्ला प्रहरी कार्यालय रौतहटले पक्राउ पुर्जी जारी गरेको थियो।