१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format o८:१३:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कांग्रेस नीति अधिवेशनतर्फ उन्मुख

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:१३:oo

३५ जिल्लाबाट छानिए महासमिति सदस्य, बाँकी जिल्लाको छनोट असोज मसान्तभित्र

कांग्रेसले महासमिति सदस्य निर्वाचनको तयारी तीव्र बनाएको छ । महासमिति सदस्यहरू आगामी १३ देखि १५ मंसिरसम्म काठमाडौंमा आयोजना गर्न लागेको महासमिति बैठकमा सहभागी हुनेछन् । महासमिति बैठकबाटै नीति अधिवेशन गर्ने भएकाले कांग्रेसले महत्वका साथ अबको ध्यान त्यसतर्फ केन्द्रित गरेको हो । 

महासमिति बैठक तयारीका लागि मंगलबार सम्पन्न केन्द्रीय समिति बैठकले सभापति शेरबहादुर देउवाको नेतृत्वमा तयारी समिति र अन्य तीन समिति गठन गरिसकेको छ । निर्वाचन समितिले महासमिति बैठकका लागि महासमिति सदस्य निर्वाचनको तयारी अघि बढाएको छ । समिति सदस्य अधिवक्ता जगन्नाथ श्रेष्ठका अनुसार समितिले असोज मसान्तभित्र निर्वाचन सम्पन्न गरेर विवरण पठाउन परिपत्र गरेको छ । यसैअनुसार हालसम्म ३५ जिल्लाले पूर्ण रूपमा महसमिति सदस्य छनोट गरेको जानकारी समितिलाई दिएका छन् । अन्य जिल्लाका कतिपय निर्वाचन क्षेत्रमा महासमिति सदस्य छनोटका लागि निर्वाचन बाँकी रहेको जानकारी सहितिलाई आएको उनले जानकारी दिए । 

०७८ मंसिरमा भएको १४औँ महाधिवेशनले पार्टीको मूल नेतृत्व चयन गरे पनि नीति तय गरेको छैन । नेतृत्व चयनको दुई वर्ष पूरा हुन लाग्दा बल्ल कांग्रेसले आफ्नो नीति तय गर्न अधिवेशन गर्न लागेको हो । महासमिति सदस्यमा १६५ प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनबाट प्रत्येक निर्वाचन क्षेत्रबाट ११ जनाका दरले सदस्य छनोट भएर आउने व्यवस्था कांग्रेसको विधानमा छ । भ्रातृ संस्था, शुभेच्छुक संस्था र जनसम्पर्क समितिका प्रतिनिधि पनि सदस्य रहने प्रावधान छ । यसबाहेक विधानले महाधिवेशन प्रतिनिधि छनोटमा केन्द्रीय सभापतिलाई मनोनयनको विशेषाधिकार दिएको छ । विधानको दफा ५१ मा सभापतिले समावेशिता र योगदानका आधारमा क्रियाशील सदस्यमध्येबाट बढीमा ४० जना र केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्येबाट बढीमा १५ सदस्य मनोनीत गर्न पाउने व्यवस्था छ । 

विधानमा केन्द्रीय महाधिवेशनमा प्रतिनिधित्व गरेका भ्रातृ संघ एवं शुभेच्छुक संस्थाको केन्द्रीय अधिवेशनले निर्वाचित गरेका केन्द्रीय अध्यक्षसहित तीन–तीनजना महासमिति सदस्य रहने व्यवस्था गरेको छ । यस्तै, विदेशस्थित जनसम्पर्क समितिले निर्वाचित महाधिवेशन प्रतिनिधिमध्येबाट निर्वाचन गरी पठाएका अध्यक्षसहितका महासमिति सदस्य पनि बैठकमा सहभागी हुने व्यवस्था गरेको छ ।