१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १६:२५:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

गुल्मीमा चौथो पुल्चोक कप फुटबलको तयारी पूरा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:२५:oo

गुल्मीमा पुल्चोक स्पाेर्टस् क्लबको आयोजनामा १० देखि १३ असोजसम्म सञ्चालन हुने चौथो जिल्लाका विद्यालयस्तरीय छात्रा फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ।

प्रतियोगितामा ११ समूहले प्रतिस्पर्धा गर्दै छन्। रेसुंगा नगरपालिकाका १० र इस्मा गाउँपालिकाको एउटा समूहले प्रतियोगितामा भाग लिने क्लबका महासचिव प्रकाश मरासिनीले जानकारी दिए। प्रतियोगितामा कक्षा १० सम्ममा छात्राहरू मात्रै सहभागी हुन पाउनेछन्। 

अहिलेसम्म समूह दर्ता, प्रतिस्पर्धी समूह विभाजन र खेलमैदान व्यवस्थापनको सम्पूर्ण काम सकिएको मरासिनीले बताए। पहिलो दिन सिद्धबाबा मावि र भगवती मावि तथा अर्जुन आवसीय मावि र ब्रिलियन्ट युनाइटेड एकेडेमीबीच प्रतिस्पर्धा गर्नेछन्। 

आदर्श विद्या आश्रम, पालुखा मावि, ब्राइटर इंग्लिस बोर्डिङ स्कुल, गण्डकी बोर्डिङ स्कुल, महेन्द्र मावि र रिडर्स पब्लिक हाइस्कुलले पनि प्रतिस्पर्धामा भाग लिएका छन्। 

पुल्चोक स्पाेर्टस् क्लबले छात्राहरूलाई फुटबलको क्षेत्रमा उत्साहित गरिरहेको छ। लामो समयदेखि प्रतियोगितामा आयोजना गरेर गाउँसम्म पनि फुटबलको मोह बढउने क्लबको उद्देश्य भए पनि विद्यालयहरूको चासो कम, खेल संरचनाहरूको अभाव र खेलकुदको महत्वबारे परिवार तथा समुदायमा सचेतना नहुँदा सोचेअनुसारको उपस्थिति भइनरहेको क्लबका उपाध्यक्ष सन्तोष न्यौपानेले जानकारी दिए। 

प्रतियोगिता सञ्चालनको पूर्वसन्ध्यामा क्लबले सिल्ड अनावरण गरेको छ। रेसुंगा नगरपालिकाका उपप्रमुख अमृतादेवी कुँवरले चौथो पुल्चोक कप (२०८०) को सिल्ड अनावरण गरेकी छिन्। 

प्रतियोगिताको विजेताले ३० हजार नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन्। त्यस्तै, उपविजेताले २० हजार नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका महासचिव मरासिनीले जानकारी दिए। 

प्रतियोगिता सञ्चालनको लागि रेसुंगा नगरपालिकाले आर्थिक सहयोग गरेको छ। सिल्ड अनावरण गर्दै उपप्रमुख कुँवरले खेल क्षेत्रको विकासमा क्लबले खेलेको भूमिकाको प्रशंसा गरिन्। 

गाउँमा फुटबल खेलप्रतिको चासो कम हुँदाहुँदा पनि खेलमा उपेक्षित छात्राहरूलाई खेलमैदानसम्म ल्याउन क्लबले देखाएको ऊर्जाको सधैँ सम्मान गर्ने कुँवरले बताइन्।