१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:५९:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सुरुवाती दुई महिनामा आयात र निर्यात दुवै घट्याे

अमेरिकासँगको व्यापारबाट एक अर्ब १४ करोड नाफा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:५९:oo

चालू आर्थिक वर्ष ०८०/८१ को सुरुवाती दुई महिनामा मुलुकले रू दुई खर्ब ५९ अर्ब ७४ करोड ९८ लाखबराबरको वस्तु आयात गर्दा निर्यात भने रू २६ अर्ब ४४ करोड ७० लाखमा खुम्चिएको छ। 

भन्सार विभागले सार्वजनिक गरेको भदौ मसान्तसम्मको तथ्यांकअनुसार दुई महिनामा मुलुकले कुल रु दुई खर्ब ८६ अर्ब १९ करोडको वैदेशिक व्यापार गर्दा रु दुई खर्ब ३३ अर्ब ३० करोडबराबर घाटा व्यहोरेको छ।

विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षको भदौ मसान्तसम्मको तुलनामा चालू आवको सोही अवधिमा वस्तुको आयात पाँच दशमलव ६ प्रतिशत र निर्यात सात दशमलव ७९ प्रतिशतले घटेको छ। यो अवधिमा समग्र वैदेशिक व्यापारमा पाँच दशमलव ३२ प्रतिशतको गिरावट देखिएको हो।

गत साउन र भदौ महिनामा नेपालले भारतबाट मात्र रु एक खर्ब ६० अर्ब ७५ करोडबराबरको वस्तु आयात हुँदा रू १६ अर्ब ७३ करोडबराबरको निर्यात भएको छ। अर्थात् नेपालले यो अवधिमा भारतसँग मात्र रु एक खर्ब ४४ अर्बको व्यापार घाटा व्यहोरको छ।

त्यस्तै, चीनबाट रु ४६ अर्ब ५४ करोड ३२ लाखबराबरको वस्तु आयात हुँदा रु ५४ करोड ३३ लाखबराबरको मात्रै निर्यात भएको छ।

गत दुई महिना अवधिको चीनसँगको व्यापार घाटा करिब रू ४६ अर्बबराबर हो। नेपालले गर्ने वैदेशिक व्यापारमा नाफा भएको मुलुकमा भने संयुक्त राज्य अमेरिका देखिएको छ।  

साउन र भदौमा अमेरिकाबाट रु दुई अर्ब २२ करोडबराबरको वस्तु आयात गर्दा रु तीन अर्ब ३६ करोडबराबरको निर्यात गरेको देखिन्छ। अमेरिकासँगको व्यापार नाफा रु एक अर्ब १४ करोडबराबर हो। रासस