१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ५ शनिबार ११:२५:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

आँखा स्वस्थ राख्न के गर्ने ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार ११:२५:oo

आँखा शरीरको सबैभन्दा संवेदनशील अंग हो । सानो गल्तीले गर्दा आँखामा ठूला समस्या आउन सक्छ । आँखालाई स्वस्थ नराख्दा चिलाउने, इन्फेक्सन हुनेजस्ता रोग देखा पर्छन् । कतिपयले आँखा कसरी स्वस्थ राख्न सकिन्छ भन्नेतर्फ ध्यान दिन सकिरहेका हुँदैनन् । धुवाँ तथा धुलोले आँखालाई प्रत्यक्ष रूपमा असर गरिरहेको हुन्छ ।

त्यस्तै, कम्प्युटर, ल्यापटप, टिभी, मोबाइल लामो समय हेर्दा आँखामा समस्या देखिन थालेको छ । बच्चादेखि बूढाबूढीमा टिकटक, युट्युब, भिडियो गेम खेल्ने लत बसेको छ । त्यसैले धेरैलाई कम्प्युटर भिजन सिम्ड्रम हुने गरेको छ । जसले गर्दा आखाँ सुक्खा हुने गर्छ । सुक्खा हुनु भनेको आँखामा आँसुको मात्रा कम हुनु हो । सुक्खा भएपछि आँखा पोल्ने, बिझाउने, आँखामा फोहोर पसेजस्तो महसुस हुन्छ । यस्तो वेला आँखालाई पानीले पखाल्नुहुँदैन । 

आँखा सुक्खा हुँदा के गर्ने ?
आँखा धेरै सुक्खा भयो भने चिकित्सकसँग परामर्श लिनुपर्छ । सुक्खा हुने, आँखाको आयल क्याप वा ग्रन्थि ब्लक हुने समस्या कम गर्न आई मसाज पनि गर्न सकिन्छ । आई ड्रप पनि प्रयोग गर्न सकिन्छ । कतिपयको आँखामा पानी छ्याप्ने बानी हुन्छ । त्यसो गर्नुहुँदैन । त्यसले आँखामा भएको आँसु पनि बगाएर लैजान्छ । जसले गर्दा आँखा झन् सुक्खा बनाउँछ । लगातार कम्प्युटर तथा ल्यापटपमा काम गर्नुहुन्छ भने आइड्रप प्रयोग गर्दा हुन्छ । मोबाइल तथा स्क्रिनको असरलाई कम गर्न ब्लु कट लेन्स पनि प्रयोग गर्न सकिन्छ । स्क्रिनमा धेरै समय बिताउने बालबालिकाको आँखाको पावर घट्दै जान्छ । ब्लु कट चस्माको प्रयोग गर्‍यो भने समस्या कम हुँदै जान्छ । 

तपाईं टिभी वा ग्याजेटअगाडि बस्नुहुन्छ वा कार्यालयको काम गर्नुहुन्छ भने समय–समयमा ब्रेक लिनुपर्छ । २० मिनेट स्क्रिनमा हेरेपछि २० सेकेन्डसम्म २० फिट टाढा हेर्नुपर्छ । ५ वर्ष पुगेपछि एकपटक बच्चाको अनिवार्य आँखा चेकचाँज गर्नुपर्छ । 

आँखाको सुरक्षा 
- बिहान र बेलुका कम्तीमा दुईपटक सफा पानीले आँखा पखाल्नुपर्छ । सामान्यतः आँसुले आँखाबाट धुलोका कण निकाल्न सहयोग गर्छ । 

- घरबाट बाहिर निस्कँदा आँखामा चस्मा प्रयोग गर्नुपर्छ । बाइक, स्कुटरमा चढ्दा हेल्मेटको भाइजर वा चस्मा प्रयोग गर्नुपर्छ । जसले गर्दा आँखामा धुलो पर्नबाट बचाउँछ । 

- सडकको धुलो, गाडीबाट निस्कने धुलो–धुवाँका कारण आँखामा इन्फेक्सन हुनुका साथै आँखा चिलाउन सक्छ । यस्तो वेलामा हातले आँखामा छुनुहुँदैन । सकेसम्म सफा पानीले हात र त्यसपछि आँखा सफा गर्नुपर्छ । 

- आँखामा धुलो पर्‍यो भने मिच्नुहुँदैन । आँखा मिच्दा आँखामा धुलोको कण रगडिने हुँदा रातो हुन्छ । रातो भाग बढ्दै जाँदा यसले दृष्टिविहीन बनाउने जोखिम हुन्छ । अधिकांश आँखामा समस्या भएपछि मात्रै समाधानतर्फ लाग्छन् । आँखालाई स्वस्थ राख्न वेला–वेलामा चिकित्सकसँग जाँच गराउनुपर्छ । 

यस्तो खानपान 

आँखाका लागि भिटामिन ‘ए’ आवश्यक पर्छ । गाँजरमा भिटामिन ए र बिटाक्यानिन पाइन्छ । भिटामिन एले रोडोप्सिन नामक प्रोटिन बनाउँछ । जसले आँखाको रेटिना स्वस्थ राख्न मद्दत गर्छ । बालबालिकाले हरियो सागपात खाँदा भिटामिन ‘ए’को मात्रा बढाउन सहयोग गर्छ । हरियो तरकारी, पहेँलो फलफूल, माछाजस्ता खानेकुरा खाँदा राम्रो हुन्छ । फलफूलका बिउ आँखाका लागि स्वस्थकर हुन्छन् । स्याउ, फर्सी, सुन्तला र साल्भियालगायत फलफूलका बिउ बढी स्वस्थकर मानिन्छ । अमिला फलफूलमा भिटामिन सी पाइन्छ । सुन्तला, अंगुर र कागतीलगायतले उमेरसँगै आँखामा बढ्दै जाने समस्याबाट टाढा रहन सहयोग गर्छ । हरिया सागसब्जी पालुंगो, रायो, कोभी र बन्दाकोभीलगायत सागपातमा जेकज्यान्थिन र लुटेइनजस्ता पौष्टिक तत्व पाइन्छ । जसले आँखाको दृष्टि तेजिलो मद्दत गर्छ ।

- आलुमा बिटाक्यारोटिन, एन्टिअक्सिडेन्ट र भिटामिन ई पाइने भएकाले दृष्टिका लागि राम्रो मानिन्छ । अन्डा भिटामिन सी र ईको राम्रो स्रोत मानिन्छ । यसले आँखामा आउने कमजोरी न्यूनीकरण गर्न सहयोग गर्छ । खानपानसँगै नियमित व्यायामसमेत गर्नु राम्रो हुन्छ । 
 

ad
ad