१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १३:३९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

पठनपाठन सञ्चालन गर्न शिक्षकलाई काभ्रेका स्थानीय सरकारको निर्देशन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:३९:oo

काभ्रेका स्थानीय सरकार प्रमुखहरूले तत्काल विद्यालयको पठनपाठन सञ्चालन गर्न निर्देशन दिएका छन्। आज शुक्रबार धुलिखेलमा भएको स्थानीय तहको प्रमुख तथा उपप्रमुखहरूको संयुक्त बैठकले सो निर्देशन दिएको हो।
  
अनिश्चितकालीन विद्यालय बन्द गरेर शिक्षक आन्दोलनमा रहँदा विद्यार्थीको अधिकार हनन भएको ठहर गर्दै स्थानीय सरकारले उक्त निर्णयसहित निर्देशन दिएका हुन्। नमोबुद्ध नगरपालिकाका प्रमुख कुन्साङ लामाको संयोजकत्वमा बसेको बैठकले एक विज्ञप्ति जारी गर्दै बन्द रहेका विद्यालय तत्काल सञ्चालन गर्न निर्देशन दिएका हुन्।
 
विद्यालय बन्दको कारण बालबालिकाको विद्यालय जाने अधिकारबाट वञ्चित हुन पुगी शिक्षामा ठूलो असर भएकाले सबै सरोकारवाला संवेदनशील र गम्भीर भई तत्काल विद्यालय सञ्चालन गर्नुपर्ने निष्कर्ष स्थानीय सरकारका नेतृत्वहरूले निकालेका छन्। 

यदि तत्काल विद्यालय सञ्चालन नगरेमा स्थानीय सरकारले संविधानमा रहेका संवैधानिक व्यवस्थाअनुसार पठनपाठन सञ्चालन गर्न बाध्य हुने चेतावनीसमेत दिएका छन्। उक्त बैठकले नेपाल सरकारले संसदमा छलफलका लागि पेस गरेको शिक्षा विधेयक, २०८० तत्काल फिर्ता गर्न पनि काभ्रेका स्थानीय सरकारका प्रमुखहरूले अग्रह गरेका छन्।
 
उक्त बैठकले संसदमा पेस भएको विद्यालय शिक्षा विधेयक संविधानविपरीत रहेकाले फिर्ता गर्न आग्रह गरेका हुन्। शिक्षा विधेयक तत्काल फिर्ता गरी सर्वपक्षीय छलफलको माध्यमबाट विद्यालय शिक्षा विधेयक, २०८० संशोधन गर्न आवश्यक रहेको पनि ठहरसहित अनुरोध गरेका छन्। 

‘विद्यालय शिक्षा विधेयक, २०८० को प्रावधानप्रति पनि असहमति जनाउँदै शिक्षकले सञ्चालन गरेको आन्दोलनको कारण भएको विद्यालय बन्दले बालबालिकाको पठनपाठनमा परेको असरप्रति काभ्रे जिल्लाको स्थानीय सरकारको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनेको छ, ‘विद्यालय शिक्षा विधेयक, २०८० को कतिपय प्रावधान संविधानविपरीत देखिएकाले उक्त विधेयक यथाशीघ्र फिर्ता गरेर सर्वपक्षीय छलफल तथा वार्ताबाट संविधान अनुकूल विद्यालय शिक्षा विधेयक तयार गरेर मात्रै संसदमा पेस गर्न आग्रह गर्दछ।’

सो विज्ञप्तिमा १३ स्थानीय तहमध्ये नाै स्थानीय तहका प्रमुखहरूले हस्ताक्षर गरेका छन्। विज्ञप्तिमा हस्ताक्षर गर्ने स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूमा नमोबुद्ध नगरपालिकाका प्रमुख कुन्साङ लामा, पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारी, बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्य, चौँरीदेउराली गाउँपालिकाकी अध्यक्ष रेणुका चौलागाईं, रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामा, बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारी, खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ, महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बा, धुलिखेल नगरपालिकाका कार्यवाहक प्रमुख नीराजन जंगम र रोशी गाउँपालिकाका उपाध्यक्ष मिमबहादुर वाइबा छन्।