१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७६ बैशाख १४ शनिबार २०:५३:००
Read Time : > 1 मिनेट
समाचार

नेपाल-चीन सीमापार रेलवेसहितको परियोजना विश्वको नजरमा 

Read Time : > 1 मिनेट
२०७६ बैशाख १४ शनिबार २०:५३:००

सीमापार रेलवेसहितको परियोजना भएको नेपाल-चीन ट्रान्सहिमालय बहुआयामिक सम्पर्क सञ्जाललाई विश्वको पहिचान मिलेको छ । विश्वका ३८ देशका राष्ट्रप्रमुख सम्मिलित गोलमेच सम्मेलनको संयुक्त वक्तव्यमा समावेश गरेसँगै गरिएको छ ।

‘यो विषय परेपछि अब विश्वले हाम्रो र चीनको सम्पर्क सञ्जालको योजनाको विषयमा थाहा पायो । यसलाई अगाडि बढाउन त धेरै प्रक्रियाहरु छन् नै ।’ चीनस्थित नेपाली दुतावासका उपप्रमुख सुशील कुमार लम्सालले नयाँ पत्रिकासँग भने । यसअधि 'वेल्ट एण्ड रोड'अन्तर्गत कुनै ठोस परियोजना नेपाल र चीनले खुलाएका थिएनन् । वक्तव्यमा पर्नु नै त्यसको बाटो तय नहुने भए पनि त्यसलाई अगाडि बढाउने रेकर्ड भने भएको छ ।

दोस्रो पटक भएको यस सम्मेलनमा नेपालले पहिलो पटक 'वेल्ट एण्ड रोड' फोरमको गोलमेच सम्मेलनमा भाग लिएको हो । यो सम्मेलनमा राष्ट्रप्रमुख वा कार्यकारी प्रमुखले भाग लिन्छन् । चिनियाँ राष्ट्रपति सीसँगै छलफल गर्न पाउछन् । नेपालबाट पहिलो पटक राष्ट्रप्रमुखको तहमा सहभागिता भएकाले गोलमेचमा भाग लिन पाएको हो । वेल्ट एण्ड रोड फोरम फर इन्टनेसनल कोअपरेसनको दोस्रो सम्मेलन गोलमेचको ३८ बुँदे सयुक्त वक्तव्य जारी गर्दै सकिएको छ ।

गोलमेचलाई सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवि भण्डारीले चीनले अघि सारेको वेल्ट एण्ड रोड इनिसियटिभको मर्म र भावना संयुक्त राष्ट्रसंघको दीगो विकासका लागि २०३० एजेण्डा मेल खाने बताएकी छन् । याे परियाेजनाकाे अन्तराष्ट्रिय उच्चस्तरीय सम्मेलनको दोस्रो दिन सम्बोधनमा राष्ट्रसंघको २०३० एजेण्डालाई कार्यान्वयन गर्न हरित तथा दीगो विकासको प्रबर्द्धन विषयक गोलमेच सम्मेलनमा सम्बोधन गर्दै भण्डारीले उक्त घारणा अघि सारेकी हुन् ।

‘समावेशिता विनाको दिगो विकास भ्रम हो । त्यसको प्राप्ति राष्ट्रहरबीचको उच्च तहको सहकार्यबाट मात्र सम्भव छ,' भण्डारीले भनिन्, ‘कसैलाई नछुटाई सबैको साझा विकास र समृद्धि हासिल गर्ने लक्ष्य बोकेको बेल्ट एण्ड रोड इनिसियटिभको मर्म र भावनाको एजेण्डा मेल खान्छ ।’

राष्ट्रपति भण्डारीले बिआरआइ गरिबी उन्मुलन, रोजगारी सिर्जना, पूर्वाधार निर्माण र औद्योगिक रुपान्तरको संवाहक बन्दै गएको भन्दै प्रशंसा गरिन् । उनले वित्तय खाडल बढिरहेको सन्दर्भमा यसले धेरै राष्ट्रहरुलाई २०३० को एजेण्डा कार्यान्वयन गर्न उलेख्य सहयोग पुर्‍याउने विश्वास व्यक्त गरिन् ।

नेपालमा जलविद्युतको माध्यमबाट स्वच्छ उर्जाको विकास गर्ने प्रचुर संभावना भएको र त्यसले नेपालका छिमेकीलाई पनि हरित विकासमा ठूलो योगदान पुग्न सक्ने धारणा व्यक्त गरिन् । उनले प्राचीन सिल्क रोडको दक्षिणी हागाले समेटेको नेपाल अहिले बिआरआइसँग जोडिएकाले त्यसले नेपालको सम्पर्क विस्तार र नेपालसग विश्व बजारलाई अर्थतन्त्रलाई एकीकरण गरी नेपालको आर्थिक रुपान्तमा ठुलो टेवा हुने विश्वास व्यक्त गरेकी थिइन् । 

भण्डारी शनिबार साँझ चीनस्थित नेपाली दुतावासले आयोजना गरेको रात्रि भोजमा सहभागी भएकी थिइन् । आइतबार राष्ट्रपति भण्डारी, विभिन्न पुरातात्विक महत्वका स्थानहरुको भ्रमणमा जानेछन् ।