मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १७ आइतबार
  • Sunday, 03 December, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० असोज ४ बिहीबार १८:२५:००
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

सर्वोत्कृष्ट चलचित्रको घोषणा नगरेको भन्दै ‘प्रकाश’ टिम अदालतमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० असोज ४ बिहीबार १८:२५:००

चलचित्र ‘प्रकाश’को टिमले राष्ट्रिय चलचित्र पुरस्कार–२०८० मा सर्वोत्कृष्ट फिल्मको घोषणा नगरेको भन्दै उच्च अदालत पाटनमा रिट दायर गरेको छ।

बिहीबार चलचित्रका निर्देशक दिनेश राउत, लेखक विकास सुवेदी र व्यवस्थापक मीनराज आचार्यले चलचित्र विकास बोर्डलाई विपक्षी बनाएर रिट दायर गरेका हुन्। रिटमा निर्णायक टिमले गरेको निर्णयको सक्कलप्रति झिकाउनुपर्ने र उत्कृष्ट चलचित्रको विधामा अवार्ड वितरण नगर्नुको कारण सार्वजनिक गर्नुपर्ने माग गरिएको लेखक सुवेदीले बताए।

‘सर्वोत्कृष्ट चलचित्र विधालाई हटाएर राष्ट्रिय चलचित्र पुरस्कार वितरण गरियो। अरू कसैलाई दिएको भए पनि हुन्थ्यो। हामीले सर्वोत्कृष्ट चलचित्रको अवार्ड प्रकाशले पाउनुपर्छ भनेर होइन। कुनै पनि एउटा चलचित्रलाई सर्वोत्कृष्ट घोषित गर्नुपर्छ। सर्वोत्कृष्ट चलचित्रको विधामा जुरीले गरेको निर्णयलाई टिपेक्सले किन मेटियो भन्ने कारण सार्वजनिक गर्न हामीले रिट दिएका हौँ,’ लेखक सुवेदीले भने।

शुक्रबार १० बजे उच्च अदालन पाटनले छलफलको लागि बोलाएको उनले जानकारी दिए। भदौ १२ गते राष्ट्रपति कार्यालय शीतलनिवासमा सर्वोत्कृष्ट चलचित्रको घोषणाविना अन्य विधामा मात्र पुरस्कार वितरण गरिएको थियो।