१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
तिवारी यादव वीरगन्ज
Invalid date format १५:१५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

वीरगन्ज-रक्सौलबीचको दशगजा मितेरीपुलमा एसएसबीको चेकिङ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:१५:oo

नेपाल–भारत सीमानाकाको दशगजा मितेरी पुलमा भारतीय सशस्त्र सुरक्षा बलले अस्थायी सुरक्षा चौकी (टेन्ट) लगाएर चेकजाँच गर्न थालेको छ।

बुधबार बिहानदेखि वीरगन्ज–रक्सौलबीचको दशगजा मितेरीपुलमै भारतीय सशस्त्र सुरक्षा बल (एसएसबी) ले टेन्ट लगाएर चेकजाँच गर्न थालेको हो। 

तेस्रो मुलुकबाट गलत प्रवृत्तिका व्यक्ति नेपाल हुँदै  भित्रिँदा भारत जोखिम भएकाले चेकजाँचमा कडाइ गर्न थालिएको भारतीय सशस्त्र सुरक्षा बल (एसएसबी) प्रहरी निरीक्षक मनोज शर्माले जानकारी दिए।

पछिल्लो समय गोप्य सूचनाका अनुसार गलत प्रवृत्तिका व्यक्ति यहीँ नाका भएर भारत प्रवेश गर्ने गरेकाले चेकजाँचमा कडाइ गर्न थालिएको उनले बताए।

नेपालसँग परापूर्वकालदेखि बेटीरोटीका सम्बन्ध रहेकाले चेकजाँचले यसमा कुनै असर नपर्ने प्रहरी निरीक्षक शर्माले बताए। उनका अनुसार नेपालको सशस्त्र प्रहरी बलजस्तै नाकामा खटिएर आपराधिक गतिविधि रोक्न एसएसबी सक्रिय रहनेछ।