मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज ३ बुधबार
  • Thursday, 05 December, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८o असोज ३ बुधबार ११:२९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संविधान प्रभावकारी कार्यान्वयनमा जाेड दिनुपर्छ : ओली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज ३ बुधबार ११:२९:oo

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने बताएका छन्।

एमालेले संविधान दिवसका अवसरमा आज नारायणचौरमा आयोजना गरेको विशेष कार्यक्रममा उनले संविधानको प्रभावकारी कार्यान्वयन गर्दै देशमा शान्ति, सुरक्षा, सामाजिक न्याय, समानता र राष्ट्रिय एकता कायम गर्नुपर्ने बताए। अध्यक्ष ओलीले उपलब्धिलाई समाप्त पार्न छिटपुट रूपमा प्रयास भइरहेका उल्लेख गरे। 

‘कहीँकतै हाम्रा उपलब्धिलाई समाप्त पार्न खोज्ने अभिव्यक्ति, क्रियाकलाप छिटपुट रूपमा हुने गरेका देखिएका छन्,’ उनले भने, ‘त्यस्ता क्रियाकलापप्रति म दुःख व्यक्त गर्न चाहन्छु। राष्ट्रिय एकतालाई खलबल्याउने खालका कुरा सकारात्मक हुन सक्दैनन्।’

अध्यक्ष ओलीले देशको उन्नति तथा जनताको एकताका लागि विभाजनकारी प्रवृत्ति र जनतामा फाटो ल्याउने प्रवृत्ति, राष्ट्रिय एकतामा खलल पुर्‍याउने प्रवृत्ति कुनै राजनीतिक मतभावको हिसाबले गरिने त्यस्ता खालका क्रियाकलाप राष्ट्रिय एकताको पक्षमा नभएको उल्लेख गर्दै  एकतालाई कमजोर पार्न नहुने विचार व्यक्त गरे। 

नेपाली जनताले आफ्नो उद्देश्य, बाटो बिर्सन नहुने र एकतालाई कमजोर हुन दिन नहुने उनको भनाइ थियो। अध्यक्ष ओलीले दिवसले एकताको सन्देश दिएको भन्दै आगामी वर्षमा दिवसलाई राष्ट्रियस्तरमा मनाइने बताए।