Skip This
०८० को भैरव पुरस्कार मुन पौडेललाई दिइने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २८ शुक्रबार
  • Friday, 10 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २८ शुक्रबार १o:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
साहित्य प्रिन्ट संस्करण

०८० को भैरव पुरस्कार मुन पौडेललाई दिइने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २८ शुक्रबार १o:४५:oo

साहित्यकार अभि सुवेदीलाई वाङ्मय तथा बद्रीनाथलाई प्रतिभा पुरस्कार 

यस वर्षको भैरव पुरस्कार वरिष्ठ हास्यव्यंग्यकार मुन पौडेललाई प्रदान गरिने भएको छ । यो पुरस्कारको राशि एक लाख ११ हजार एक सय ११ रुपैयाँ रहेको छ । एक लाख एक हजार एक सय ११ रुपैयाँ राशिको भैरव वाङ्मय पुरस्कार प्रा.डा. अभि सुवेदीलाई प्रदान गरिने भैरव पुरस्कार गुठीले जनाएको छ । त्यस्तै, ५१ हजार एक सय ११ रुपैयाँ राशिको भैरव प्रतिभा पुरस्कार व्यङ्ग्यकार बद्रीप्रसाद दाहाल (भस्मासुर) लाई प्रदान गरिने भएको छ । 

भैरव पुरस्कार गुठीका अध्यक्ष वरिष्ठ साहित्यकार रोचक घिमिरेको अध्यक्षतामा बसेको बैठकले पुरस्कृत व्यक्तिहरूको नाम अनुमोदन गरेको हो । पुरस्कृत व्यक्तिको नाम छनोट गर्न गुठीले साहित्यकार नरेन्द्रराज पौडेलको संयोजकत्वमा साहित्यकारद्वय बाजुराम पौडेल र वसन्त रिजाल सदस्य रहेको चयन समिति गठन गरेको थियो । भैरव अर्याल स्मृति दिवसको दिन यही असोज १९ गते शुक्रबार राजधानीको गोकर्णेश्वर–५ स्थित भैरव स्मृति भवनमा एक कार्यक्रम गरी घोषित पुरस्कार वितरण गरिने गुठीका सचिव वसन्त रिजालले बताए । 

ad
ad