१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज ३ बुधबार
  • Friday, 09 May, 2025
एजेन्सी ओटावा
२o८o असोज ३ बुधबार o८:२९:oo
Read Time : > 3 मिनेट
विश्व प्रिन्ट संस्करण

चिसियो भारत–क्यानडा सम्बन्ध : देश निकाला गरियो एकअर्काका कूटनीतिज्ञ

Read Time : > 3 मिनेट
एजेन्सी ओटावा
नयाँ पत्रिका ओटावा
२o८o असोज ३ बुधबार o८:२९:oo

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले क्यानडेली नागरिक तथा प्रमुख शिख नेता हरदीप सिंह निज्जरको गत जुनमा भएको हत्यामा भारतीय संलग्नताको ‘विश्वसनीय आरोप’माथि क्यानडाले अनुसन्धान गरिरहेको बताएसँगै दुई देशले एकअर्काका कूटनीतिज्ञ निष्कासन गरेका छन् । 

क्यानडाले आफ्नो भूमिमा भएको एक शिख अभियन्ताको हत्यामा भारतको संलग्नता रहेको आरोप लगाएपछि ओटावा र नयाँदिल्ली दुवैले एकअर्काका वरिष्ठ कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्कासित गरेका छन् । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले क्यानडेली नागरिक तथा प्रमुख शिख नेता हरदीप सिंह निज्जरको गत जुनमा भएको हत्यामा भारतीय संलग्नताको ‘विश्वसनीय आरोप’माथि क्यानडाले अनुसन्धान गरिरहेको बताएसँगै ‘टिट–फर–ट्याट’ प्रकरण आएको हो । यसबाट नयाँदिल्ली र ओटावाबीचको सम्बन्ध थप चिसिएको छ ।

‘विगत केही हप्तादेखि क्यानडाका सुरक्षा एजेन्सीहरूले क्यानेडेली नागरिक हरदीप सिंह निज्जरको हत्यामा भारत सरकारका एजेन्टको संलग्नताकोे विश्वसनीय आधारमाथि अनुसन्धान गरिरहेका छन्,’ ट्रुडोले सोमबार संसद्मा भने, ‘सरकारले यो हत्याका दोषीलाई कारबाही गने आवश्यक सबै कदम चाल्नेछ ।’ यो प्रकरणमा क्यानडाले एकजना भारतीय कूटनीतिज्ञलाई देश निकाला गरेको छ । क्यानडाका विदेशमन्त्री मेलानी जोलीले उक्त व्यक्ति भारतीय दूतावासमा कार्यरत भारतीय खुफिया एजेन्सीका प्रमुख रहेको बताएकी छन् । उनले क्यानडा यो हत्याको जरोसम्मै पुग्ने बताउँदै ट्रुडोले यो विषय अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायती प्रधानमन्त्री ऋषि सुनक दुवैसँग उठाएको बताइन् ।

जवाफमा भारतको विदेश मन्त्रालयले भारतस्थित वरिष्ठ क्यानेडियन कूटनीतिज्ञलाई मंगलबार देश निकाला गरेको छ । ‘उक्त कूटनीतिज्ञलाई आगामी पाँच दिनभित्र भारत छाड्न आदेश दिइएको छ,’ भारतीय विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यो निर्णयले हाम्रो आन्तरिक मामिलामा क्यानडाका कूटनीतिज्ञहरूको हस्तक्षेप र भारतविरोधी गतिविधिमा उनीहरूको संलग्नताप्रति भारत सरकारको चिन्तालाई प्रतिबिम्बित गर्छ ।’ 

निज्जर पश्चिमी क्यानडाका प्रमुख शिख नेता थिए । स्थानीय प्रहरीका अनुसार उनलाई गत जुनमहिनामा ब्रिटिस कोलम्बियाको सरेस्थित शिख मन्दिरबाहिर दुईजना नकाबपोस बन्दुकधारीले गोली हानेर हत्या गरेका थिए । उनको हत्याबाट क्यानडाको शिख समुदायलाई स्तब्ध र आक्रोशित थियो । क्यानडाको शिख समुदाय भारतबाहिरको सबैभन्दा ठूलो शिख समुदाय हो । 

ट्रुडोको टिप्पणीपछि क्यानडाका शिख समुदायका दुई प्रमुख समूह ‘ब्रिटिस कोलम्बिया गुरुद्वारा काउन्सिल (बिसिजिसी)’ र ‘ओन्टारियो गुरुद्वारा कमिटी (ओजिसी)’ले क्यानडा सरकारलाई ‘भारतसँगको सबै गुप्तचरी, अनुसन्धान र अभियोजन सहकार्य तत्काल स्थगन गर्न’ आग्रह गरेका छन् ।

विश्व शिख संगठनका अनुसार निज्जर कथित खालिस्तान नामको एउटा अलग्गै राज्य निर्माणका मुखर समर्थक थिए । पृथकतावादी खालिस्तान आन्दोलनलाई भारतमा गैरकानुनी घोषित गरिएको छ र यसलाई भारत सरकारले राष्ट्रिय सुरक्षा खतराको रूपमा लिएको छ । यो आन्दोलनसँग संलग्नता भएका समूहहरू भारतको गैरकानुनी गतिविधि (रोकथाम) अधिनियम (युएपिए) अन्तर्गत ‘आतंकवादी संगठन’को रूपमा सूचीकृत छन् । भारतको गृह मन्त्रालयको आतंकवादीको सूचीमा निज्जरको नाम पनि सूचीकृत थियो ।

सन् २०२० मा भारतीय राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआइए)ले उनीमाथि ‘खालिस्तान‘को पक्षमा विश्वभरका शिख समुदायलाई कट्टरपन्थी बनाउने प्रयास गरेको आरोप लगाएको थियो । निज्जरले शिखहरूलाई अलगावको पक्षमा मतदान गर्न, भारत सरकारविरुद्ध आन्दोलन गर्न र हिंसात्मक गतिविधिहरू गर्न उक्साउने गरेको आरोप एनआइएले लगाएको थियो ।

भारतले मंगलबार ट्रुडोको आरोपलाई ‘बेतुका र दुराशययुक्त’ भन्दै खारेज गरेको छ । ‘हामी विधिको शासनप्रति दृढ प्रतिबद्धतासहितको लोकतान्त्रिक राज्यव्यवस्था हौँ,’ भारतको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस्ता निराधार आरोपले क्यानडामा आश्रय पाएका खालिस्तानी आतंकवादी र अतिवादीहरूबाट ध्यान अन्यत्रै मोड्ने र भारतको सार्वभौमिकता र क्षेत्रीय अखण्डतामाथि खतरालाई मात्रै निरन्तरता दिन्छ । यस मामिलामा क्यानेडियन सरकारको निष्क्रियता लामो समयदेखिको र निरन्तर चिन्ताको विषय बनेको छ ।’

निज्जर पश्चिमी क्यानडाका प्रमुख शिख नेता थिए । स्थानीय प्रहरीका अनुसार उनलाई गत जुनमा ब्रिटिस कोलम्बियाको सरेस्थित शिख मन्दिरबाहिर दुईजना बन्दुकधारीले गोली हानेर हत्या गरेका थिए । उनको हत्याबाट क्यानडाको शिख समुदाय स्तब्ध र आक्रोशित थियो । भारतको गृह मन्त्रालयको आतंकवादी सूचीमा निज्जरको नाम पनि थियो ।

ह्वाइट हाउसले उक्त आरोपप्रति गहिरो चिन्ता व्यक्त गरेको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता एड्रिएन वाट्सनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘हामी हाम्रा क्यानेडियन साझेदारहरूसँग नियमित सम्पर्कमा रहन्छौँ । क्यानडाको अनुसन्धान अघि बढाउनु र दोषीलाई न्यायको कठघरामा ल्याउनु महŒवपूर्ण हुन्छ,’ वाट्सनको विज्ञप्तिमा भनिएको छ ।

क्यानेडियन प्रहरीले निज्जरको हत्यामा संलग्न कसैलाई पनि पक्राउ गरेको छैन । तर, अगस्टमा प्रहरीले एक विज्ञप्ति जारी गर्दै तीनजना शंकास्पद व्यक्तिमाथि अनुसन्धान गरिरहेको बताएको थियो । साथै, फरार गाडीको विवरण जारी गर्दै सर्वसाधारणको सहयोगको अपिल गरेको थियो । 

खालिस्तानका प्रवासी समर्थक
शिख धर्मको स्थापना गुरु नानकले १५औँ शताब्दीमा पञ्जाबमा गरेका थिए । यो धर्मका विश्वभर लगभग दुई करोड ५० लाख अनुयायी छन् । भारतको एक अर्ब ४० करोडको कुल जनसंख्यामा शिख समुदायको हिस्सा दुई प्रतिशतभन्दा कम रहे पनि उत्तरी राज्य पञ्जाबमा भने शिख समुदाय बहुमतमा छ । यो राज्य कुनै समय शक्तिशाली शिख साम्राज्य थियो । 

आधुनिक खालिस्तानी आन्दोलन सन् १९४७ मा बेलायतबाट भारतीय स्वतन्त्रसँगै उदय भएको हो । सो समय केही शिखले पञ्जाबका शिखका लागि अलग्गै राष्ट्रको माग गरेका थिए । उपनिवेशबाट स्वतन्त्र भएसँगै हतार–हतार भारतलाई धार्मिक आधारमा दुई देशमा विभाजित गरियो । मुस्लिमहरूलाई नवगठित देश पाकिस्तानमा र हिन्दू र शिखहरूलाई नयाँ स्वतन्त्र भारतमा पठाइयो । पञ्जाबलाई काटेर दुई देशमा विभाजित गरिएपछि पञ्जाबले खराब हिंसा साक्षात्कार गरेको थियो । यही समयमा शिखहरूले राजनीतिक र सांस्कृतिक स्वायत्तताको संघर्ष सुरुवात गरेपछि खालिस्तान आन्दोलनले प्रश्रय पायो । पछिल्ला वर्षमा आन्दोलनका अनुयायी र भारत सरकारबीच हिंसात्मक झडप भएका छन्, जसमा धेरैको ज्यान गइसकेको छ ।

सन् १९८४ मा तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले भारतीय सेनालाई अमृतसरस्थित स्वर्ण मन्दिरमा घुसेर शिख पृथक्तावादीहरूलाई मार्न आदेश दिइन् । त्यस अप्रेसनले शिख समुदायमा ठूलो आक्रोश पैदा ग¥यो । पछि गान्धी आफ्नै शिख अंगरक्षकहरूबाट मारिइन् । उनको मृत्युपछि, भड्किएको घातक हिंसामा तीन हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो । मृत्यु हुनेमा अधिकांश शिख थिए ।

यो घटनाको एक वर्षपछि टोरन्टो विमानस्थलबाट उडेको एयर इन्डियाको एक विमानमा शिख पृथक्तावादीले बम विस्फोट गराउँदा भारतीय मूलका थुप्रै क्यानेडियनसहित विमानमा सवार सबै ३२९ जनाकै मृत्यु भएको थियो । भारतभित्र खालिस्तान समर्थकहरू थोरै भए पनि यो आन्दोलनले विश्वव्यापी डायस्पोरा, विशेषगरी क्यानडा, बेलायत र अस्ट्रेलियामा केही शिखहरूबाट सहानुभूति पाइरहेको छ । ती शिखहरूको एउटा सानो तर प्रभावशाली संख्याले खालिस्तानको अवधारणालाई समर्थन गर्छ । उनीहरूले अलग खालिस्तान राज्य स्थापना गर्ने सहमति जुटाउन समय–समयमा जनमतसंग्रह पनि गर्ने गरेका छन् । 

–सिएनएनबाट