१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २६ शुक्रबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८२ बैशाख २६ शुक्रबार १४:४८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रतिनिधिसभा बैठक : किसानलाई समयमै मलखाद उपलब्ध गराउन माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८२ बैशाख २६ शुक्रबार १४:४८:oo

प्रतिनिधिसभामा सांसदहरूले गएको वर्षायाममा बाढीपहिरोबाट भएको क्षतिको राहत आजसम्म प्राप्त नभएको, तराईका जिल्ला खाद्यान उत्पादनका हिसाबले महत्त्वपूर्ण भए पनि सिँचाइ र समयमै मलखाद उपलब्ध नभएका कारण किसानले समस्या झेलिरहनुपरेको बताए ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद सूर्यमान तामाङ दोङले काभ्रेपलाञ्चोकको पनौती, बेथानचोक, लोसी र तिमाल सिन्धुलीको कुशेश्वरलगायत देशका विभिन्न स्थानमा भएको बाढीपहिरोपीडितले आठ–नौ महिनासम्म पनि राहत पाउन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले बजेट निर्माण पहुँचका आधारमा भन्दा पनि आवश्यकताको आधारमा गर्न माग गरे ।

सांसद सूर्यबहादुर थापाले देशभर अधुरै रहेका पक्की पुल निर्माण गर्न बजेट सुनिश्चितताको माग गरे । बर्दियाको नगदीघाटस्थित पुलको स्रोत सुनिश्चितता भए पनि अझै ठेक्का लाग्न नसकेको उनले बताए ।

सांसद हरि ढकालले नेपाल राष्ट्र बैंकको नेतृत्व नियुक्तिलाई राजनीतीकरण नगर्न आग्रह गरे । सांसद हितराज पाण्डेले नेपाल विद्युत् प्राधिकरणका निवर्तमान प्रबन्ध निर्देशक र वर्तमान प्रबन्ध निर्देशकले सार्वजनिक गरेको आर्थिक विवरणले आमजनतामा अन्योल सिर्जना गरेकाले प्राधिरकणको समग्र आर्थिक अवस्थाको विवरणबारे सदनलाई जानकारी गराउन माग गरे ।

सांसद हेमराज राईले विपत् व्यवस्थापनअन्तर्गत बनेका घरका लागि संघीय सरकारले दिनुपर्ने रकम जतिसक्दो चाँडो उपलब्ध गराउन सरकारसँग माग गरे । सांसद हृदयराम थानी र ज्ञानु बस्नेत सुवेदीले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए । रासस