१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:o५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गठबन्धन बन्दाको सहमतिलाई सबैले कार्यान्वयन गर्नुपर्छ : प्रकाशमान सिंह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:o५:oo

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धन बन्दाको सहमतिलाई सबैले कार्यान्वयन गरे मात्रै देश अस्थिरताबाट जोगिने बताएका छन्।

मंगलबार काठमाडौंको शोभा भगवतीमा गणेशमान सिंहको २६औँ स्मृति दिवसको अवसरमा उनको शालिकमा माल्यार्पण गर्दै प्रकाशमानले यस्तो बताएका हुन्। सरकार गठन हुँदा भएको समझदारीलाई सबै दलले कार्यान्वयन गरेर जाँदा उपयुक्त हुने उनको भनाइ छ।

‘यो डेमोक्रेसीको विशेषता नै के हो भने खुला रूपमा हुन्छ सबै कुरा। यो सरकार गठन भएर फेरि विघटन भएर फेरि गठन हुँदा जुन दलहरूबीचको समझदारी हो, त्यसलाई सबै दलले कार्यान्वयन गरेर जाँदा नै यो देशको राजनीतिक अस्थिरतालाई स्थिरतामा परिणत गर्न र समाजमा रहेका कमी-कमजोरी र असन्तुष्टिलाई समेट्न सक्छौँ। गठबन्धन हुँदा जे समझदारी भएको हो, त्यो कार्यान्वयन गर्नुपर्छ,’ उनले भने।

नेता सिंहले पार्टीभित्र कांग्रेस नेतृत्वमा सरकार बन्नुपर्ने धारणा आए पनि व्यक्तिगत कुरामा भन्दा केन्द्रीय समितिले गरेको निर्णय नै आधिकारिक हुने प्रस्ट पारे। ‘लाखौँ नेता र कार्यकर्ता भएको पार्टीमा कसले कुन सन्दर्भमा के बोल्छ भन्ने कुरा पार्टीको आधिकारिक धारणा हुँदैन। केन्द्रीय समिति बसेर गरेको निर्णय नै आधिकारिक हुन्छ,’ उनले भने।

नेता सिंहले संविधानको भावना र मर्मअनुरूप चाँडोभन्दा चाँडो तीनै तहका सरकारलाई दिनुपर्ने अधिकार दिएर राम्रोसँग काम गर्नुपर्ने प्रस्ट्याए।