१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:४८:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

साताको सेयर बजार : चार दिनको कारोबारमा एक दिन घट्यो तीन दिन बढ्यो नेप्से

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:४८:oo

यो साता धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचकको उतारचढाव सामान्य रह्यो। कुल चार दिनको कारोबारमा तीन दिन बढेको बजार एक दिन घटेको थियो।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सेयर बजारमा यो हप्ता चार दिनमा कुल पाँच अर्ब १० करोड ९५ लाख ५९ हजार सात सय २१ रुपैयाँबराबरको कारोबार भएको छ। साताको पहिलो दिन आइतबार परिसूचक १० दशमलव २३ अंकले बढेर एक हजार नौ सय ४२ दशमलव ६८ पुगेर रु एक अर्ब सात करोड २२ लाख १२ हजार चार सय १८ मूल्यबराबरको कारोबार भएको थियो। उक्त दिन ३३ हजार ६४ पटकको कारोबारमा ४३ लाख १४ हजार चार सय १७ इकाइ सेयर कारोबार भएको थियो । 

त्यस्तै, कारोबारको दोस्रो दिन सोमबार परिसूचक ४४ दशमलव ३० अंकले बढेर एक हजार नौ सय ८६ दशमलव ९९ अंकमा पुगेको थियो। यस दिन विभिन्न कम्पनीका कुल ४७ लाख ४२ हजार पाँच सय ११ कित्ता सेयर ३७ हजार सात सय ९९ पटक खरिद बिक्री हुँदा रु एक अर्ब ५१ करोड ८३ लाख ४३ हजार तीन सय ९७ बराबरको कारोबार भएको थियो ।

 साताको काराबारमा लगातार दुई दिन बढेर तेस्रो दिनको कारोबार भने घटेको थियो। मंगलबार नेप्से परिसूचक १९ दशमलव ४२ अंकले घटेर एक हजार नौ सय ६७ दशमलव ४२ अंकको विन्दुमा आएको थियो। यस दिन दुई सय ७६ कम्पनीका ३९ लाख १६ हजार एक सय ६१ कित्ता सेयर २६ हजार तीन सय दुईपटक खरिद बिक्री हुँदा रु एक अर्ब १३ करोड ५० लाख ५७ हजार पाँच सय १५ बराबरको कारोबार भएको छ।

बुधबारको कारोबार मापक नेप्से परिसूचक अघिल्लो दिनका तुलनामा ३९ दशमलव ४८ अंकले बढेर दुई हजार सात दशमलव ०६ अंकमा पुगेको थियो। यस दिन दुई सय ७५ कम्पनीको ५१ लाख ४४ हजार सात सय २४ कित्ता सेयर ३६ हजार ४५ पटक खरिद बिक्री हुँदा रु एक अर्ब ४९ करोड ५५ लाख २१ हजार नौ सय पाँचबराबरको कारोबार भएको थियो। बिहीबार संविधानसभा अध्यक्ष तथा पूर्वसभामुख सुवास नेम्वाङका निधनमा सरकारले राष्ट्रिय शोक घोषणा गरेकाले नेप्सेसमेत बन्द भएको थियो भने शुक्रबार कारोबार बन्द हुने गरेको छ।