१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format ११:१३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

शिक्षा विधेयकको चौतर्फी विरोध : हेटौँडामा पनि शिक्षकले जलाए विधेयक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:१३:oo

मकवानपुरका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूले हालै संघीय संसदमा दर्ता भएको शिक्षा विधेयक–२०८० को विरोध गर्दै विधेयकको प्रति जलाएका छन्। नेपाल शिक्षक महासंघको नेतृत्वमा संघीय संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० हेटौँडामा जलाइएको हो।

हेटौँडा ४ स्थित भुटनदेवी माध्यमिक विद्यालयको प्रांगणबाट सुरु भएको शिक्षकहरूको र्‍यालीले बजार परिक्रमा गरी हेटौँडाको मुख्यचोक बुद्धचोकमा पुगेर विधेयक प्रति जलाएका हुन्।

उनीहरूले २०२८ सालमा आएको शिक्षा ऐनभन्दा पनि अहिले ल्याउन लागिएको विधेयक प्रतिगामी भएको आरोप लगाएका छन्। शिक्षकहरूले उक्त प्रस्तावित शिक्षा विधेयक तत्काल फिर्ता लिन माग गरेका छन्। नेपाल शिक्षक महासंघ मकवानपुरका सचिव राजु गौतमले शिक्षकहरूको माग पूरा नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन्।

यसैगरी, नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले विद्यालय शिक्षा विधेयकको विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महासंघले असोज ३ गतेदेखि विद्यालय बन्द गर्नेसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो।