१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:३९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

तेस्रो जनआन्दोलनको तयारीमा छौँ : कमल थापा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:३९:oo

राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टीले तेस्रो जनआन्दोलनको तयारी थालेको बताएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले देशमा डेढ दशकदेखि राज्यसत्ता कब्जा गरेर भ्रष्ट व्यवस्था सञ्चालन गरिरहेकाहरूबाट जनताको व्यवस्था र अवस्थामा परिवर्तन गर्ने कुरा सम्भव नरहेको जिकिर गरे।

लोकतन्त्रको आवरणमा केही सीमित दलले नेपालमा सिन्डिकेटतन्त्र कायम गरेको आरोप लगाउँदै उनले भने, ‘डेढ दशकदेखि राज्यसत्तामा कब्जा जमाएर बसेका भ्रष्ट शासकहरूको अकर्मन्यता, सत्तालिप्सा र विदेशीको दलाली गर्ने आत्मसमर्पणवादी प्रवृत्तिले गर्दा अहिले सामान्य रोजगारीको निमित्त पनि नेपालको युवा जनसंख्याको आधाभन्दा बढी विदेश पलायन हुन बाध्य भएका छन् ।’

अध्यक्ष थापाले देशको राष्ट्रिय अस्तित्व, स्वतन्त्रता र सार्वभौमसत्ता नै जोखिममा पर्न सक्ने खतरा रहेको दाबीसमेत गरेका छन्।

‘कुनै पनि वेला दुर्घटनामा परेर देशको राष्ट्रिय अस्तित्व, स्वतन्त्रता र सार्वभौमसत्ता नै जोखिममा पर्न सक्ने खतरा देखिएको छ । हामीले यो देशको दुर्दशालाई हेर्न एक दिन मात्रै, केही घन्टा मात्रै त्रिभुवन विमानस्थलमा गएर हेर्ने हो भने सहजै देख्न सक्छौँ,’ उनले भने।