१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
मोहन विष्ट कञ्चनपुर
Invalid date format १३:४९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

माफियाको पक्षमा भएको भन्दै कञ्चनपुरका शिक्षक संगठनले जलाए शिक्षा विधेयक

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
Invalid date format १३:४९:oo

प्रस्तावित शिक्षा विधेयक शिक्षकको हकहितभन्दा पनि शैक्षिक माफियाको पक्षमा भएको भन्दै कञ्चनपुरका शिक्षक संगठनहरूले विधेयक जलाएर विरोध जनाएका छन्।

शुक्रबार शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय महेन्द्रनगरको प्रांगणमा विधेयक जलाएर उनीहरूले आन्दोलनको चेतावनी दिएका छन्। नेपाल राहत शिक्षक समितिको केन्द्रीय वरिष्ठ सहअध्यक्ष नवीनसिंह धामीले विधेयक शिक्षक कर्मचारीको हितविपरीत भएको बताए।

‘यो कालो विधेयक जलाउने मात्रै होइन, परास्त पार्नुपर्छ,’ उनले भने, ‘आज त यो सांकेतिक मात्रै हो। ३ असोजदेखि थप सडक आन्दोलन गर्छौँ।’ विधेयक बाल विकास, विद्यालय कर्मचारी, राहत, अनुदान साबिक उमावि, स्थायी सबै शिक्षकविरोधी भएको दाबी गर्दै उनले खारेजीका लागि सडक आन्दोलनको विकल्प नभएको बताए।

नेपाल शिक्षक संघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष बिर्खबहादुर मल्लले विधेयक ‘कालो’ भएकाले त्यसविरुद्ध देशैभरिका शिक्षक आन्दोलनमा उत्रिएको बताए।

साबिक उमावि युनियन कञ्चनपुरका अध्यक्ष डम्बरदत्त जोशीले विधेयक संशोधनमा जोड दिए। कञ्चनपुरका शिक्षक नेता गणेश धानुकले शिक्षक महासंघको कार्यक्रमअनुरूप आन्दोलन भएको बताए।