१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २९ शुक्रबार
  • Friday, 09 May, 2025
मोहन विष्ट कञ्चनपुर
२o८o भदौ २९ शुक्रबार १३:२२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गैँडाको आक्रमणबाट कञ्चनपुरमा एकजनाको मृत्यु

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८o भदौ २९ शुक्रबार १३:२२:oo

गैँडाको आक्रमणमा परी कञ्चनपुरको बेलडाँडीमा एक महिलाको मृत्यु भएको छ।

शुक्रबार बिहान गैँडाको आक्रमणबाट बेलडाँडी गाउँपालिका– २ कालिकिचकी मोेतीकुमारी बुढा (बेलमती)को मृत्यु भएको हो। शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट कालिकिच मध्यवर्ती क्षेत्रको वनमा आएको गैँडाको आक्रमणमा परी ५१ वर्षीया बेलमतीको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीले जंगलछेउमै घर भएकी बेलमती तरकारीका लागि च्याउ टिप्प जंगल गएकी बताए।

गैँडाको आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएको प्रवक्ता डाँगीले बताए। बेलमतीसँगै जंगल गएका अन्य महिलाले भागेर ज्यान जोगाएका छन्।