१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० भदौ २८ बिहीबार १२:०३:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

टिभिएसको ई–स्कुटर आइक्युब नेपालमा

Read Time : < 1 मिनेट
२०८० भदौ २८ बिहीबार १२:०३:००

 टिभिएस नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले इलेक्ट्रिक स्कुटर टिभिएस आइक्युब नाडा अटो सोमा सार्वजनिक गरेको छ । कम्पनीले टिभिएस मोटरको अटल र भरपर्दो इन्जिनियरिङसहितको क्लास–लिडिङ पर्फर्मेन्स, आराम, निर्माण गुणस्तर र सुरक्षायुक्त इस्कुटर बजारमा ल्याएको हो । 

स्कुटर सार्वजनिक गर्दै टिभिएस मोटर कम्पनीका निर्देशक तथा सिइओ केएन राधाकृष्णनले कम्पनीले विद्युतीय सवारीसाधनको प्रविधिमा १० वर्षभन्दा बढी समयदेखि लगानी गर्दै आएको बताए । नेपालमा विद्युतीय दुईपांग्रे सवारीसाधन (स्कुटर) लन्च गर्ने भारतबाट पहिलो ओइएम भएको उनको भनाइ थियो । टिभिएस मोटरकै इलेक्ट्रिक भेहिकलका सिनियर भाइसप्रेसिडेन्ट मनु सक्सेनाले टिभिएस आइक्युबमा क्लास–लिडिङ डिस्प्ले र युजर इन्टरफेसको साथ प्रदर्शन र प्राविधिक सुविधाको सही मिश्रण रहेको बताए । यो नयाँ एज– कनेक्टेड सुविधा र एपले भरिएको हुनाले नेपालको टेक–स्याभी ग्राहकका लागि अत्यन्तै उपयोगी हुने उनको भनाइ थियो । 

कार्यक्रममा जगदम्बा गु्र्रपका अध्यक्ष साहिल अग्रवालले टिभिएस आइक्युबको लन्चले नेपाली इस्कुटरको क्षेत्रमा महŒवपूर्ण योगदान पुगेको बताए । कम्पनीको नेपालभर रहेका वितरक र इन–स्टोर सेल्स अनुभवका साथ नेपालभर टिभिएस आइक्युबको उपलब्धता सुनिश्चित गर्न प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

३२ लिटरको अन्डर सिट स्टोरेज भएको यो स्कुटर ४.६ किलोवाट हब माउन्टेड मोटरद्वारा सञ्चालित भएकाले प्रतिघन्टा ७८ किमिको उच्च गति प्रदान गर्ने जनाइएको छ । यो स्कुटरले ४.२ सेकेन्डमै शून्यबाट ४० किमि प्रतिघन्टासम्म एक्सेलेरेसन दिने कम्पनीको दाबी छ । टिभिएस आइक्युबमा कुल ३.४ किलोवाट आवर क्षमताको एडभान्स्ड लिथियम–आयन रसायनको दुई ब्याट्री प्याक रहेको जनाइएको छ । यसले सिंगल चार्जमा एक सय किलोमिटरको रेन्ज दिने तथा साढेचार घन्टामा ८० प्रतिशत चार्ज हुने कम्पनीको भनाइ छ । यो स्कुटरमा ६५० वाटको पोर्टेबल क्यारी चार्जर पनि साथै आउने कम्पनीले जनाएको छ ।