नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले आउँदै गरेको चाडपर्वका लागि ‘हरमोडमा उमंग’ नामको योजना सार्वजनिक गरेको छ । कम्पनीले टिभिएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा १० लाख रुपैयाँसम्म जित्ने मौका प्राप्त गर्न सक्ने योजना ल्याएको हो ।
देशभर सीमित समयावधिका लागि सञ्चालन गरिएको योजनामा मोटरसाइकल वा स्कुटर नकिन्दै पनि एक लाख रुपैयाँ जित्न सक्ने तथा खरिद गरेपछि १० लाख रुपैयाँसम्म जित्ने मौका रहेको कम्पनीले जनाएको छ । हरेक महिना शतप्रतिशत क्यासब्याक जित्ने अवसर पनि योजनामा रहेको तथा १० लाख रुपैयाँको पुरस्कार भने बम्पर पुरस्कारका रूपमा रहेको जनाइएको छ ।
साथै, कम्पनीले एक्चेन्जमा १० हजार रुपैयाँसम्म थप भ्यालुएसन तथा शून्य प्रतिशत ब्याजदर र २५ प्रतिशत डाउनपेमेन्टमा बाइक तथा स्कुटर घर लैजान सकिने सुविधा पनि दिएको जनाएको छ । त्यसैगरी, जीवनभरका लागि वारेन्टी सुविधा पनि दिइने कम्पनीले बताएको छ । विजेताहरूको घोषणा महिनाको पहिलो मंगलबार लक्की ड्रमार्फत साँझ पाँच बजे जगदम्बा मोटर्सको आधिकारिक फेसबुक पेजमा प्रत्यक्ष प्रसारण गरिने कम्पनीले जनाएको छ । जगदम्बा मोटर्सले देशभरमा एक सय ४० भन्दा बढी डिलरमार्फत बलियो बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गरिरहेको जनाएको छ ।