१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o९:o७:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्दै कामपा 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o९:o७:oo

काठमाडौं महानगरपालिकाले मातहतका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारको क्रममा रहेको बताएको छ । कामपा शिक्षा विभागका प्रमुख सीताराम कोइरालाका अनुसार सबै सामुदायिक विद्यालयलाई विद्यार्थी र अभिभावकको आकर्षणको केन्द्र बनाउने हो जहाँ राम्रा भनिने निजी विद्यालयले दिने शिक्षाको गुणस्तरभन्दा कम हुनेछैन । ‘भौतिक संरचना निर्माण गर्नुपर्ने विद्यालयका लागि सोहीअनुसारको काम भइरहेको छ भने कम विद्यार्थी भएको विद्यालयमा विद्यार्थी संख्या बढाउनेतर्फ ध्यान दिइरहेका छौँ,’ उनले भने । 

कामपामा ८९ वटा सामुदायिक विद्यालय सञ्चालनमा छन् । ५९ माध्यमिक हुन् भने अन्य आधारभूत विद्यालय छन् । प्रमुख कोइरालाले भने, ‘कामपाले तत्काल शिक्षा नीति ल्याउने तयारी गरिरहेको छ, तत्पश्चात् शिक्षा क्षेत्रमा सकारात्मक परिवर्तन आउँछ । अबको कामपाको शिक्षा क्षेत्रको योजना भनेको राम्रो भौतिक संरचनासहित गुणस्तरीय शिक्षा प्रदान गर्नु हो ।’ राम्रो भौतिक संरचना र गुणस्तरीय शिक्षाकै कारण हाल कामपामा सञ्चालनमा रहेका विद्यालय जनकल्याण माध्यमिक विद्यालय, शिवपुरी माध्यमिक विद्यालय, रत्नराज्य माध्यमिक विद्यालय, पद्मकन्या माध्यमिक विद्यालय, पद्मोदय माध्यमिक विद्यालय, विश्व निकेतन, माध्यमिक विद्यालय, सरस्वती निकेतन, ज्ञानोदय माध्यमिक विद्यालयमा थप विद्यार्थीलाई पठनपाठन गराउने स्थान नभएको कामपाको भनाइ छ । आगामी दिनमा अन्य विद्यालयलाई पनि यस्तै बनाउने कामपाको लक्ष्य रहेको बताइएको छ । 

उनका अनुसार पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दो छ । यही अनुपातमा विद्यार्थी बढिरहने हो भने अबको केही वर्षमा कामपाले छुट्टै सामुदायिक विद्यालय सञ्चालन गर्नुपर्ने हुन सक्छ । सञ्चालनमा रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न कामपा सक्रियतापूर्वक लागिरहेको छ । प्रचलित शिक्षा ऐन, ०२८ ले गरेको व्यवस्था र कामपाको शिक्षा ऐन, ०७५ तथा विद्यालय व्यवस्थापन नियमावली, ०७४ ले गरेका प्रावधानअनुरूप विद्यालय सञ्चालनमा छन् । चालू आवमा कामपाले समग्र शिक्षाका लागि एक अर्ब ३२ करोड नौ लाख ३३ हजार रकम विनियोजन गरेको छ । अघिल्ला वर्षहरूमा विद्यालय गाभ्ने भनेको कामपाले अहिले उक्त कार्य नगर्ने जनाएको छ ।