१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
photo : GettyImages
२o८१ बैशाख २० बिहीबार २१:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

चाइना लाइफ इन्स्योरेन्सका पूर्वअध्यक्षलाई भ्रष्टाचार मुद्दा मृत्युदण्डको सजाय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार २१:o५:oo

चाइना लाइफ इन्स्योरेन्स ग्रुपका पूर्वअध्यक्ष तथा कम्युनिस्ट पार्टीका पूर्वप्रमुख वाङ बिनलाई घुस लिएको र विदेशमा बचत लुकाएको अभियोगमा मंगलबार दुई वर्षको जेलपछि मृत्युदण्डको सजाय कार्यान्वयन हुने फैसला भएको छ । 

पूर्वी चीनको सान्दोङ प्रान्तको जिनानस्थित ‘इन्टरमिडिएट पिपुल्स कोर्ट’ले उक्त फैसला सुनाएको हो ।  

सन् १९९७ देखि २०२१ को बीचमा वाङले विभिन्न वित्तीय संस्थामा आफ्नो ओहदाको फाइदा उठाउँदै अरूका लागि फाइदा लिन खोजेको र बदलामा ३२ करोड ५० लाख युआन (करिब चार करोड ५० लाख अमेरिकी डलर) बराबरको पैसा र बहुमूल्य सामान प्रत्यक्ष वा आफ्ना नातेदारमार्फत गैरकानुनी रूपमा लिएको स्विकारेका थिए । 

उनलाई सन् २०१२ को जनवरीदेखि हङकङमा आफ्ना नातेदारले खोलेको खातामा पाँच करोड ६४ लाख २० हजार युआनबराबरको विदेशी मुद्रा जम्मा गरेको र बचत लुकाएको अभियोगमा दोषी ठहर गरिएको अदालतले जनाएको छ । 

फैसलाबमोजिम प्रतिवादीलाई आजीवन राजनीतिक अधिकारबाट वञ्चित गरिएको र निजको व्यक्तिगत सम्पत्ति जफत गरिएको छ ।  
 
दुई वर्षको जेल सजायपछि वाङको मृत्युदण्डलाई कानुनबमोजिम आजीवन कारावासमा परिणत गर्न सकिनेछ, तर थप कटौती वा छुट प्रदान गरिनेछैन ।
 

ad
ad