मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २१ बिहीबार
  • Thursday, 07 December, 2023
समाचार डिजिटल संस्करण

बेपत्ता भएकाे १६औँ दिनमा भेटियो मेजर पण्डितको शव 

Read Time : < 1 मिनेट
२०८० भदौ २६ मंगलबार १७:२५:००

१६ दिनदेखि बेपत्ता रहेका डोल्पास्थित नन्दबक्स ब्यारेकमा कार्यरत ३८ वर्षीय मेजर विमल पण्डितको शव फेला परेकाे छ। त्रिपुराकोट नगरपालिका–५ मा पर्ने चिन्डेबगर भेरीकिनारमा उनकाे शव फेला परेको प्रहरीले जनाएकाे छ।

भेरीकिनारमा मेजर पण्डितको शव फेला परेको प्रहरी चौकी त्रिपुराकोटका प्रहरी नायब निरीक्षक रुद्रबहादुर शाहीले जानकारी दिए। शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल डोल्पा ल्याउने तयारी भइरहेको छ। 

काठमाडाैंस्थित कागेश्वरी मनोहरा नगरपालिका डाँछी घर भई हाल डोल्पामा कार्यरत मेजर पण्डित १६ दिनअघि सम्पर्कविहीन भएका थिए। ‘इभिनिङ वाक जान्छु’ भन्दै गत १० भदौमा हतार–हतार ब्यारेकबाट निस्किएका मेजरको आधा महिनापछि शव भेटिएको हो।