१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:३३:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

मुगु पुग्यो राष्ट्रिय प्रसारणलाइनको विद्युत्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:३३:oo

कर्णाली प्रदेशको मुगु जिल्ला विद्युतकाे राष्ट्रिय प्रणाली (नेसनल ग्रिड)मा जोडिएको छ । नेपाल विद्युत् प्राधिकरणले कालीकोटबाट जुम्ला जाने ३३ केभी प्रसारणलाइनलाई नाग्मामा ट्यापिङ गरी करिब ८५ किलोमिटर लाइन निर्माण गरी मुगुको सदरमुकाम गमगाडसम्म विद्युत् पुर्‍याएको हो।

प्राधिकरणले आइतबारबाट गमगाडलगायतका क्षेत्रमा राष्ट्रिय प्रसारणलाइनबाट विद्युत् आपूर्ति सुरु गरेको छ। प्राधिकरणले ४०० किलोवाट जडित क्षमताको गमगाड साना जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन गरी मुगु सदरमुकाम गमगढी र आसपासका क्षेत्रमा विद्युत् आपूर्ति गर्दै आएको थियो। मुगुमा राष्ट्रिय प्रसारणलाइन पुगेसँगै ७७ वटा जिल्लामध्ये ७६ जिल्लामा राष्ट्रिय ग्रिडको विद्युत् पुगेको छ।

अब कर्णाली प्रदेशको हुम्ला जिल्ला मात्र राष्ट्रिय प्रसारणलाइनमा जोडिन बाँकी छ। हुम्लामा राष्ट्रिय प्रसारणलाइनमा पुर्‍याउन ठेक्का सम्झौता सम्पन्न भई सर्भे भइरहेको छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले साना जलविद्युत् समयसमयमा बन्द हुँदा मुगुमा हुने विद्युत् आपूर्तिको समस्या राष्ट्रिय प्रसारणलाइन पुगेपछि समाधान हुने बताए। उनले राष्ट्रिय प्रसारणलाइन पुगेकाले विद्युतीकरण तीव्र रूपमा अगाडि बढाइने बताए। अहिले मुगुमा प्राधिकरणका तीन हजार पाँच सय घरधुरी ग्राहक छन्।

गत वर्षको असोजमा आएकोे भारी वर्षाका कारण गमगाड साना जलविद्युतगृहमा क्षति पुग्दा विद्युत् उत्पादन बन्द भएको थियो। प्राधिकरणले तत्कालै डिजेल जेनेरेटर जडान गरी विद्युत् आपूर्ति दिएको थियो।  भारी वर्षासँगै आएको बाढीपहिरोले छायाँनाथ रारा नगरपालिका– ४ स्थित विद्युतगृहको एक हजार एक सय मिटर लामो नहरमध्ये झन्डै सात सय मिटरमा क्षति पुर्‍याएको थियो।

यसैगरी, बाढीपहिरोबाट  विद्युतगृहको सबस्टेसनका संरचनाहरूमा पनि क्षति पुगेको थियो। बाढीपहिरोले क्षति पुर्‍याएको नहरको पुनर्निर्माण र मर्मत जलविद्युतगृह सञ्चालनमा ल्याइएको थियो।

मुगुको विद्युत् आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन गमगाडमा ३३–११ केभी सबस्टेसन र ११ केभीको लाइनलाई ३३ केभीमा स्तरोन्नति कार्य भइरहेको प्राधिकरण कर्णाली प्रदेश कार्यालयका प्रमुख शम्भु कुसियत यादवले बताए।