मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १६ शनिबार
  • Saturday, 02 December, 2023
२०८० भदौ २५ सोमबार ११:१७:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

ग्यासको सुरक्षित प्रयोग

Read Time : < 1 मिनेट
२०८० भदौ २५ सोमबार ११:१७:००

हामीले भान्सामा प्रयोग गर्ने ग्यासमा अरू ग्यासभन्दा कम जोखिम हुन्छ । कहिलेकाहीँ हेलचेक्र्याइँको कारण विस्फोट भएर आगलागी हुन सक्छ । ठूलो धनजनको क्षति पनि हुन सक्छ । यसले कति क्षति गर्छ भन्न सकिन्न । त्यसैले ग्यासचुलो प्रयोग गर्दा ध्यान दिन जरुरी छ ।

  • चुलोमा जडान भएको ग्यासचुलो नियमित रूपमा सरसफाइ तथा आवश्यकताअनुसार मर्मत गर्नुपर्छ । 
  • नेपाल गुणस्तर चिह्न प्राप्त रेगुलेटर र ग्यासपाइप मात्रै प्रयोग गर्नुपर्छ ।
  • ग्यासपाइप बढीमा १.५ मिटरभन्दा लामो हुनुहुँदैन ।
  • बाहिरी भाग कडा र पाइपको बीचमा तार भएको प्रयोग गर्नुपर्छ ।
  • खाना पकाउँदा आगोले चाँडै टिप्ने खालको कपडा लगाउनु हुँदैन ।
  • सकेसम्म शरीर पूरै ढाकिने कपडा लगाएर खाना पकाउनुपर्छ ।
  • सकेसम्म खाना पकाउँदा सुरक्षाका लागि एप्रोनको प्रयोग गर्नुपर्छ ।
  • ग्यास लिक भएको पाइएमा बिजुलीका स्विच अन–अफ गर्नुहुँदैन ।
  • ग्यास लिक भएको पाइएमा झ्याल–ढोका खोलेर ग्यास बाहिर जान दिनुपर्छ ।