१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:५१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दार्चुलाको तिंकरमा सशस्त्र प्रहरीको बिओपी स्थापना 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:५१:oo

चीनसँगको सीमानाका दार्चुलाको व्याँस गाउँपालिका- १ स्थित छायाँलेक तिंकरमा सशस्त्र प्रहरी बल नेपालले बोर्डर आउट पोस्ट (बिओपी) स्थापना गरेको छ।

सीमा सुरक्षा विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहालले शुक्रबार बिओपीकाे उद्घाटन गरेका छन्।
दार्चुला सदरमुकामबाट करिब एक सय १२ किलोमिटर उत्तरतर्फ बिओपी स्थापना भएको हो। 

सशस्त्र प्रहरी बल, नेपाल नं. ५० गुल्म छांगरु दार्चुलाको मातहतमा स्थापना भएको बिओपी गुल्मबाट करिब ११ किलोमिटरको दूरीमा छ। उत्तरी नाकामा सशस्त्र प्रहरीको यो आठौँ बिओेपी हो।

यसअघि सशस्त्र प्रहरी बल नेपालले चीनतर्फ हुम्लाको हिल्सा, मुस्ताङको नेचुङ, रसुवाको टिमुरे, सिन्धुपाल्चोकको तातोपानी र गुम्बा, दोलखाको लामाबगर, संखुवासभाको किमाथांका, ताप्लेजुङको ओलाङचुङगोलासहित आठ ठाउँमा बिओपी स्थापना गरिसकेको छ। 

तिंकरमा स्थापना भएको बिओपीसहित चीनतर्फ नाैवटा र भारततर्फ दुई सय ४३ गरी बिओपीको संख्या दुई सय ५२ पुगेको छ।

तिंकरमा सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा रहने बिओपी स्थापनाको लागि हेलिकोप्टरमा आवश्यक बन्दोबस्ती र जनशक्ति भाद्र १३ गते त्यसतर्फ लगिएकाे थियो। सो बिओपीका लागि एउटा भवन निर्माण गरिएको छ।  नयाँ स्थापना भएको बिओपीबाट छिमेकी मुलुकहरू भारतको नाभिडाङ र चीनको ताक्लाकोट बजारनजिकै पर्दछ।
  
बिओपी उद्घाटन कार्यक्रममा दार्चुला जिल्लाका प्रमुख जिल्ला अधिकारी किरण जोशी, सशस्त्र प्रहरी बल नेपाल नंं. ४३ रिजर्व गण कैलाली तथा नं. ४४ गण दार्चुलाका गणपति, नं. ५० गुल्म छांगरुका गुल्मपति, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका जिल्लास्थित प्रमुखहरू तथा स्थानीयको उपस्थिति थियो। सशस्त्र प्रहरीले गोरखाको नाकामा पनि बिओपी स्थापना गर्ने तयारी गरेको छ।