१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format २o:३१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

७६ वर्षीया वृद्धा बलात्कृत, आरोपित पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:३१:oo

लमजुङमा ७६ वर्षीया वृद्धा बलात्कृत भएकी छिन्। जिल्ला प्रहरी कार्यालय लमजुङले वृद्धा जबर्जस्ती करणी गरेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा राइनास नगरपालिका– ६ बस्ने ५० वर्षीय बाबुराम सार्की छन्।

सार्कीले १५ भदौको राति घरमा एक्लै सुतेकी शारीरिक रूपमा कमजोर अवस्थाकी वृद्धा महिलालाई बलात्कार गरेको र महिलाले हार गुहार गरेपश्चात् घटनास्थलबाट फरार भएको प्रहरीले जनाएको छ। 

उनलाई प्रहरीले १९ गते घरदेखि केही टाढा जंगलमा लुकेर बसिरहेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बृद्धिप्रसाद सुवेदीले जानकारी दिए। 

प्रहरीले सार्कीलाई बिहीबार म्याद थपका लागि जिल्ला अदालत लमजुङमा उपस्थित गराएकोमा  अदालतले पाँच दिनको म्याद दिई अनुसन्धान अगाडि बढाउन आदेश दिएको छ।