१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format ११:४५:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ईशान अस्पतालले सेवा विस्तार गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:४५:oo

ईशान बाल तथा महिला अस्पतालले स्थापनाको २८औँ वार्षिकोत्सवको अवसर पारेर आफ्नो सेवा विस्तारको योजना सार्वजनिक गरेको छ । ०५२ सालमा ईशान नर्सिङ होमको नाममा १५ शड्ढयाबाट सुरु भएको यस अस्पतालले अहिले एक सय बेडको सुविधासम्पन्न अस्पताल बनाउन सफल भएको र सेवालाई अझ विस्तार गर्ने योजना रहेको अस्पतालका निर्देशक प्रा.डा. रामनन्दनप्रसाद चौधरीले बताएका हुन् । 

अस्पताल आफ्नै सुविधासम्पन्न भवनमा सरेपछि सुविधा तथा क्षमता वृद्धि गर्दै बालरोग, बाल सर्जरी, बाल न्युरोलोजी, बाल कार्डियोलोजी, बाल नेफ्रोलाजी, बाल ग्यास्ट्रो इन्टेरोलोजीलगायत महिला तथा वयस्कका अन्य विशेषज्ञ सेवा विस्तार गरिसकेको जनाएको छ ।

हाल सामान्य बालरोग, स्त्री तथा प्रसूति ओपिडी सेवासमेत प्रदान गर्दै आइरहेकोमा छिट्टै पेडियाट्रिक बोनम्यारो प्रत्यारोपण सुरु गर्ने योजना रहेको उनले जनकारी दिए । उनले ईशान अस्पताल बिरामी र वातावरणमैत्री भएको उनको भनाइ छ । निकट भविष्यमा सय शड्ढयाको सेवा–सुविधा विस्तार गर्ने योजना रहेको डा. चौधरीको भनाइ थियो । अहिले अस्पतालमा ८० जना विभिन्न विषयमा विषेशज्ञता भएका स्वाथ्यकर्मीबाट सेवा प्रवाह गरिरहेको अस्पतालले जनाएको छ ।