१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:५४:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

आइएमई पेमार्फत पानी र इन्टरनेट भुक्तानीमा छुट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:५४:oo

आइएमई पेले ‘विकेट टु विन’ नामक अभियानअन्तर्गत नयाँ अफर सार्वजनिक गरेको छ । १९ भदौदेखि १८ असोजसम्म चल्ने सो अफरअन्तर्गत इन्टरनेट तथा पानीको बिल भुक्तानी आइएमई पेमार्फत गर्दा सय रुपैयाँसम्म छुट पाइने भएको छ ।

 सो छुट प्राप्त गर्न सेवाग्राहीले पानीको बिल भुक्तानी गर्ने क्रममा ‘वाटर’ कोड राख्नुपर्नेछ भने इन्टरनेटको बिल भुक्तानी क्रममा ‘इन्टरनेट’ प्रोमो कोड राख्नुपर्नेछ । 

अफरअन्तर्गत सेवाग्राहीले पानीको प्रोमो कोड अफर अन्तरालभरि जति चोटि पनि प्रयोग गर्न सक्नेछन् । तर, इन्टरनेटको प्रोमो कोड भने अफर अन्तरालभरि एकजना ग्राहकले एकचोटि मात्र प्रयोग गर्न पाउने कम्पनीले जनाएको छ ।