१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १o:२२:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

राष्ट्रिय शिक्षक अवार्ड प्रदान 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १o:२२:oo

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको शिक्षा तथा पर्यटन क्षेत्रमा योगदान पुर्‍याउने सात व्यक्तित्वलाई राष्ट्रिय शिक्षक अवार्डले सम्मानित गरेका छन् । त्यसैगरी, यस वर्षको ‘पिपी प्रसाईं लाइफटाइम अचिभमेन्ट अवार्ड २०८०’ बाट पर्वतारोही आङछिरिङ शेर्पा सम्मानित भएका छन् ।

राष्ट्रपतिको कार्यालयमा आयोजित कार्यक्रममा सातै प्रदेशका शिक्षकलाई सम्मानित गरिएको हो । उत्कृष्ट शिक्षक पुरस्कार– २०८० बाट यो वर्ष कोशी प्रदेशबाट फिक्कल माध्यमिक विद्यालयका सोमप्रसाद गौतम, बागमती प्रदेशबाट श्री जनकल्याण माध्यमिक विद्यालय बौद्धका कमला राई, गण्डकी प्रदेशबाट पञ्चमुनिदेव मावि, पाल्पाका टुकादेवी आचार्य पुरस्कृत भए । लुम्बिनी प्रदेशबाट मोहन कन्या मावि तानसेनका गोपालप्रसाद बस्याल पुरस्कृत भएका छन् । 

यसैगरी, कर्णाली प्रदेशबाट श्री तिरपुरा मावि जगदुल्ला डोल्पाका जयबहादुर बस्नेत पुरस्कृत भएका छन् । सुदूरपश्चिम प्रदेशबाट श्री सर्वोदय माध्यमिक विद्यालय धनगढीका जितबहादुर चौधरी सम्मानित भएका छन् ।

प्रतिष्ठानले हरेक वर्ष सामुदायिक विद्यालयमा क्रियाशील शिक्षकलाई प्रोत्साहन गर्ने उद्देश्यले शिक्षा क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने सातै प्रदेशका उत्कृष्ट शिक्षकलाई पुरस्कारसहित ५० हजार नगद र विजयी शिक्षकले अध्यापन गराउने सबै विद्यालयलाई १० हजारबराबरको शैक्षिक सामग्री प्रदान गर्दै आएको छ ।

देशैभरबाट सार्वजनिक सूचनामार्फत आवेदन माग गरेर शिक्षकको पढाउने शैली, बाल मनोविज्ञान, विद्यार्थीको आवश्यकताप्रति उनीहरूको बुझाइ, शिक्षाप्रति उनीहरूको प्रतिबद्धता, सिर्जनशीलता, अभिभावक तथा समाजसँगको उनीहरूको सम्बन्ध र स्थानीय अभिभावक तथा समुदायको सिफारिसलगायतका आधारमा शिक्षा विशेषज्ञ, पूर्वशिक्षक, पूर्वप्रशासक, शिक्षण क्षेत्रमा लागेका संघ–संस्थाका प्रतिनिधि तथा लब्ध प्रतिष्ठित व्यक्तिहरूको निर्णायक समितिले पुरस्कार प्रदानका लागि सिफारिस गर्दछ ।