१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार २२:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मर्स्याङ्दीमा खसेको बसका चालकको शव भंगालोमा भेटियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार २२:५६:oo

लमजुङको मर्स्याङ्दी गाउँपालिका-७ बालुवामा मर्स्याङ्दी नदीमा बस खस्दा बेपत्ता भएका चालकको शव भेटिएको छ।

भुलभुले-ङादी सडकखण्डको बालुवामा शनिबार राति करिब १२:३० बजे घ १ ख ३७२ नम्बरको बस नदीमा खसेको थियो।

बसचालक चितवन महानगरपालिका-१३ घर भइ हाल मर्स्याङ्दी गापा–७ ङादी मा बस्ने अन्दाजी ४० वर्षका खेमबहादुर भुलेज मगर रहेकाे प्रहरीले जनाएकाे छ। उनको शव आइतबार दिउँसो ४ बजे मर्स्याङ्दी-९ आँगे भंगालोमा भेटिएको हो।

बेँसीसहर-ङादी रूटमा चल्ने सो बस शनिबार राति मर्स्याङ्दी-९ गैरीफाँटमा मर्मत गरी चालक एक्लैले घरतर्फ लग्दै गर्दा बस नदीमा खसेकाे थियाे। 

ad
ad