१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format o९:५४:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

जारको पानी अनुगमन गुणस्तरमा शंका

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:५४:oo

काठमाडौं महानगरपालिकाको बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिले अहिले पानीको गुणस्तरको अनुगमन गरिरहेको छ । पिउने पानीको व्यवसाय गर्ने व्यवसायीले पानी भर्न प्रयोग हुने जार कुच्चिएको, चुहिने, फोहोर, लेबल नभएको पाइएपछि कम्पनीबाट पानी भरेर वितरण गर्न सहर पस्ने गाडीलाई नाकामा रोकेर गुणस्तर अनुगमन गर्न थालिएको हो । अनुगमनका क्रममा पाइएका जारहरूको अवस्था हेर्दा पानीको गुणस्तरमा शंका गर्नुपर्ने प्रसस्तै आधारहरू देखिएका छन् । 

यसक्रममा आज वडा नं ३२ जडीबुटीबाट कागेश्वरी–मनोहरा सडकखण्डमा अनुगमन गरेको हो । कृषि तथा पशुपक्षी विभागका प्रमुख एवं निरीक्षण अधिकृत डा. अबधेश झाका अनुसार पानी बोकेर आउने ११ वटा ट्रिपर रोकेर पानी र जारको अवस्था हेरिएको थियो । यसरी हेरिएका सवारीसाधनमा एउटै मात्र कम्पनीका जार कुनैमा पनि थिएनन् । भएकामध्ये आधामा लेबल राखिएको थियो, आधामा थिएन । कुच्चिएर, चुहिने, फुटेका जार सराबरी थिए । पानीको बिल र चलानी कसैसँग पनि थिएन । सवारीसाधनमा भएका चालक तथा सहयोगीसँग समस्याका विषयमा अधिकारीहरूले जानकारी माग्दा आफूहरूलाई थाहा नभएको साहुलाई सोध्नुपर्ने बताए । 

समस्या देखिएकामध्ये १५ वटा खाली, १६ वटा भरिएका, लेबलविनाको एउटा गरेर ३२ वटा जार जफत गरिएको छ । 
पानीको जारमा किरा भेटिएको गुनासो लिएर उपभोक्ताहरू विभागमा गुनासो गर्न आउन थालेका छन् । वितरण प्रणालीबाट आएको पानीमा विश्वास नगरेर उपभोक्ता जारको पानीमा निर्भर भएका छन् । पैसा तिरे पनि सोचेको जस्तो गुणस्तरको पानी पाउन सकेका छैनन् । उपभोक्ताले पानीको शुद्धता यकिन गर्न जाँगर चलाएको देखिँदैन ।