१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार o९:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

अर्थतन्त्र सकारात्मक दिशाउन्मुख : अर्थमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o९:१३:oo

अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सकारात्मक दिशाउन्मुख भएको बताएका छन् । अर्थतन्त्रमा केही समस्या देखिएको भए पनि सरकारले त्यसलाई समाधान गरेर लयमा ल्याउने प्रयास गरिरहेको बताएका हुन् ।

शनिबार काठमाडौंमा आयोजित आर्थिक पत्रकार समाज (सेजन)को २५औँ वार्षिक साधारणसभामा बोल्दै अर्थमन्त्रीले देशको अर्थतन्त्रलाई लयमा ल्याउन आफू लागिपरेको बताएका हुन् । ‘देशको अर्थतन्त्रलाई लयमा ल्याउने प्रयास मैले गरिरहेको छु,’ उनले भने, ‘पत्रकार जगत्, बैंकिङ र निजी क्षेत्रबाट पनि म त्यही किसिमको सहयोगको अपेक्षा गर्छु ।’ 

सरकारी प्रयासको परिणामस्वरूप आगामी दिनमा देशको अर्थतन्त्र सकारात्मक दिशामा जाने उनले बताए । ‘पर्यटन क्षेत्रमा सुधार भइरहेको छ, विदेशी मुद्राको सञ्चित पर्याप्त छ ।  

सेजनमा नयाँ कार्यसमिति
नेपाल आर्थिक पत्रकार समाज (सेजन)को अध्यक्षमा सुजन ओली निर्वाचित भएका छन् । शनिबार काठमाडौंमा सम्पन्न सेजनको २५औँ वार्षिक साधारणसभा तथा अधिवेशनबाट क्यापिटल नेपालका ओलीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो ।

साधारणसभामा उपाध्यक्षमा ग्यालेक्सी फोरके टेलिभिजनका विनय बञ्जरा, महासचिवमा गोरखापत्र दैनिकका विश्वास रेग्मी निर्वाचित भएका छन् । सचिवमा क्लिमान्डु डटकमका सोभित थपलिया र कोषाध्यक्षमा अनलाइन खबरका अच्युत पुरी निर्वाचित भएका हुन् ।

सदस्यहरूमा उकालो डटकमकी केशु लामिछाने, राससका हेमन्त जोशी, अन्नपूर्ण पोष्टकी ममता थापा, एनएनटिभीका छवि सापकोटा र बिजमान्डु डटकमका वसन्तराज उप्रेती निर्वाचित भएका हुन् । 

ad
ad