मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २३ शनिबार
  • Saturday, 09 December, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० भदौ १४ बिहीबार १८:१५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विवेक पुर्‍याएर काम गर्न नगर प्रहरीलाई मेयर बालेनको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० भदौ १४ बिहीबार १८:१५:००

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले बुद्धि, विवेक पुर्‍याएर काम गर्न नगर प्रहरी बललाई निर्देशन दिएका छन्। 

बिहीबार महानगरपालिकाको नगर प्रहरी बलको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख साहले बुद्धि, विवेक पुर्‍याएर काम गर्न प्रहरीलाई निर्देशन दिएका हुन्। 

संवेदनशील हुनुपर्ने ठाउँमा संवेदनशील भएर काम गर्न पनि आग्रह गरे। उनले कुनै पनि प्रकारको नातावाद, कृपावाद र राजनीतिक दबाबविना काम गर्न गिरिरहेको उल्लेख गर्दै यसप्रति महानगरपालिकाको सबै जनप्रतिनिधि खुसी भएको जानकारी गराए। 

महानगरपालिकाले १५० रोपनीभन्दा बढी सार्वजनिक जग्गा संरक्षण गर्न सफल भएको, पार्किङ व्यवस्थापनमा लागेको र अवैधानिक संरचनाहरू हटाएर सुशासन कायम गराउन लागेको उल्लेख गर्दै यस काममा नगर प्रहरीको भूमिकाको प्रशंसा गरे। 

काठमाडौं महानगरपालिकाको कामले देशभर नै त्यस प्रकारको निर्णय गराउन सफल भएको उनको भनाइ थियो। 
मेयर बालेनले नेपाल प्रहरी र सशस्त्र प्रहरीले पनि राजनीतिक दबाबमा नआईकन काम गर्न सकेमा सहरमा सुशासन ल्याउन सकिने भन्दै प्रहरी नेतृत्वलाई आग्रहसमेत गरे।