१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १५:o१:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सर्लाहीका चार स्थानीय तहले अझै ल्याएनन् बजेट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:o१:oo

सर्लाहीका चार स्थानीय तहले आर्थिक वर्ष ०८०/८१ को बजेट अझै सार्वजनिक गर्न सकेका छैनन्। जिल्लाका २० स्थानीय तहमध्ये हरिपूर्वा र हरिवन नगरपालिका तथा चन्द्रनगर र बसरबरिया गाउँपालिकाले बजेट ल्याउन नसकेका हुन्।

ती स्थानीय तहमा जनप्रतिनिधिबीचको आपसी द्वन्द्वका कारण नयाँ बजेट आउन नसकेको जनाइएको छ।  स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार पालिकाले हरेक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजस्व र व्यायको अनुमान गाउँ वा नगर सभामा पेस गर्नुपर्ने व्यवस्था गरिएको छ।

हरिपूर्वा नगरपालिकामा तालाबन्दी रहेका कारण बजेट ल्याउन नसकिएको नगर प्रमुख विनोद साहले जानकारी दिए। 

चन्द्रनगर र बसबरिया गाउँपालिकामा बहुमत कार्यपालिका सदस्य आन्दोलनमा रहेका कारण बजेट आउन नसकेको हो भने हरिवन नगरपालिकामा पनि आपसी सहमति जुट्न नसक्दा नयाँ बजेट सार्वजनिक नभएको बताइएको छ। जिल्लाका बाँकी अन्य नगरपालिका र गाउँपालिकाले चालू आवको बजेट ल्याइसकेका छन्।