१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १३:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

ग्याबोनमा सैन्य ‘कु’, निर्वाचित राष्ट्रपति नजरबन्दमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १३:४५:oo

अफ्रिकन देश ग्याबोनमा सेनाले ‘कु’ गरेको छ। ग्याबोनिज रिपब्लिकन गार्डका कमान्डर इन चिफ ब्रिस ओलिगुई न्गुइमाले बुधबार राति एउटा विद्रोहपछि मध्यअफ्रिकी देशको संक्रमणकालीन नेताको रूपमा नाम दिइएको थियो। 

राष्ट्रिय निर्वाचन आयोगले मंगलबार राष्ट्रपति अलि बोंगोले तेस्रो कार्यकाल जितेको घोषणा गरेको थियो। तर, सेनाले राज्य टेलिभिजनमा चुनावी नतिजा रद्द भएको र बोंगोलाई घरमै नजरबन्द गरेको घोषणा गरेको थियो। 

ग्याबोनी सेनाका नेताहरूले सर्वसम्मत भोटबाट न्गुइमालाई संस्थाको संक्रमण र पुनर्स्थापना समिति (सिटिआरआई) को अध्यक्ष नियुक्ति गर्न सहमत भएको समितिका प्रवक्ता उलरिच मनफोउम्बी मनफोम्बीले बताए। 

राष्ट्रपति बोंगाेलाई परिवारका सदस्य र चिकित्सकहरूसँगै राखिएको बताइएको छ। उनको एउटा छोरा राष्ट्रद्रोहको अभियोगमा पक्राउ परेका छन्। सेनाले चुनावी परिणाम रद्द गर्दै अन्तर्राष्ट्रिय सीमा बन्द गरेको र सबै संस्थाहरूलाई विघटन गरेको घोषणा गरेको छ। ‘कु’ को समर्थन गर्दै हजारौँ मानिस सडकमा निस्केका छन्। 

अली सन् २००९ मा राष्ट्रपति भएका थियाे। त्यसयता उन निरन्तर सत्तामा छन्। उनले सन् १९६७ देखि राष्ट्रपति रहेका आफ्ना पिता ओमारबाट सत्ता प्राप्त गरेका थिए।

बोंगाेको परिवार ग्याबोनमा ५३ वर्षदेखि सत्तामा थियो । पछिल्लो समय देशमा संस्थागत, राजनीतिक, आर्थिक तथा सामाजिक संकट देखापरेकाले ‘कु’ गर्नुपरेको सेनाले दाबी गरेको छ।

[सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री।] 
 

ad
ad