१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:३९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

समितिको कामलाई प्रभावकारी ढंगले सञ्चालन गर्न सभामुखको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:३९:oo

सभामुख देवराज घिमिरेले संसदीय समितिहरूको कामलाई प्रभावकारी ढंगले सञ्चालन गर्न सभापतिहरूलाई निर्देशन दिएका छन्। 

बुधबार सभामुख, उपसभामुखसहित दशवटै संसदीय समितिका सभापतिहरूसँग भएको बैठकमा सभामुख घिमिरेले समितिको कामलाई प्रभावकारी ढंगले अगाडि बढाउन निर्देशन दिएका हुन्।

समितिमा आउने विधेयकहरूलाई आवश्यकताअनुसार सरोकारवालासँग छलफल गर्ने र दफावार छलफल गरी छिटोभन्दा छिटो टुंग्याउन पनि निर्देशन दिए। 

अर्थ समितिका सभापति सन्तोष चालिसेले बैठकमा समितिहरूले देशको अवस्थालाई मध्यनजर गर्दै चाँडोभन्दा चाँडो सही ढंगले काम गर्नुपर्ने विषयमा छलफल भएको बताए। 

त्यसैगरी बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै कानुन, न्याय तथा मानव अधिकार समिति सभापति विमला सुवेदीले बैठकमा समितिले हाल गरिरहेका कामहरू र विधेयकसँग सम्बन्धित कामहरूको कार्यप्रगतिको सम्बन्धमा छलफल भएको बताइन्।