१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:१७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

इन्जिनियरिङको शुल्क वृद्धिविरुद्ध नेविसंघद्वारा भिसी कार्यालयअगाडि होम हालेर प्रदर्शन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:१७:oo

सत्तारूढ दल नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले इन्जिनियरिङतर्फको स्नातक तह अध्ययनका लागि अस्वाभाविक रूपमा शुल्क बढाइएको भन्दै विरोधलाई जारी राखेको छ।

बुधबार नेविसंघले त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आइओई)ले गरेको शुल्क वृद्धिविरुद्ध र अनशनरत नेविसंघ नेता सुलभ चापागाईंको जीवनरक्षाका लागि त्रिवि भिसी कार्यालयअगाडि होम हालेर सांकेतिक विरोध जनाएको हो।

विरोध कार्यक्रममा बोल्दै नेविसंघका केन्द्रीय सदस्य मदन उपाध्यायले नेविसंघले इन्जिनियरिङको आइटी सेक्टरको शुल्क घटाउन दबाबका लागि सन्देशमूलक आन्दोलन गरेको बताए। त्रिविका भिसीलाई विद्यार्थीको पक्षमा सकारात्मक रूपमा लाग्न चेतनास्वरूप होम हालेर प्रदर्शन गरेको उनको भनाइ थियो।

आइओईले गत भदौ ४ गते सूचना प्रकाशित गरी स्नातक तहअन्तर्गत बिई–बिआर्क अध्ययनका लागि शुल्क वृद्धि भएको जानकारी गराएको थियो।