१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ १३ बुधबार
  • Friday, 09 May, 2025
फाइल तस्बिर
गगन अयडी बाजुरा
२o८o भदौ १३ बुधबार ११:४४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बडिमालिका दर्शन गर्न गएका दुई तीर्थयात्रीको लेक लागेर मृत्यु

Read Time : < 1 मिनेट
गगन अयडी, बाजुरा
नयाँ पत्रिका
२o८o भदौ १३ बुधबार ११:४४:oo

सुदूरपश्चिमको  धार्मिक तथा पर्यटकीय बडिमालिका मन्दिरको दर्शनका  लागि गएका दुई तीर्थयात्रीको लेक लागेर मृत्यु भएको छ।

कालीकोट जिल्ला पलाता गाउँपालिका– १ का धनप्रसाद न्यौपानेको ११ भदौमा सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको थियो भने मंगलबार राति ८ बजे  त्रिवेणी नगरपालिका– १ का २३ वर्षीय भरत बुढाको लेक लागेर मृत्यु भएको छ।

बडिमालिकाको दर्शनका लागि गएका न्यौपाने  अक्सिजन अभावका कारण बेहोस अवस्थामा फेला परेका थिए। दुर्गाभञ्जन गुल्म बाजुराले तीर्थयात्रीका लागि सञ्चालन गरेको मेडिकल क्याम्पमा उपचारका गर्दा यहाँ उपचार सम्भव नभएपछि उनलाई सेनाको हेलिकोप्टरमार्फत  सुर्खेत लगिएकाे थियाे। 

उनकाे सुर्खेतमा  उपचारका क्रममा मृत्यु भएको हो। त्रिवेणी नगरपालिका– १ का २३ वर्षीय  बुढालाई अक्सिजन अभावका कारण ढलेर अचेत अवस्थामा भेटिएपछि दुर्गाभञ्जन गुल्म बाजुराले तीर्थयात्रीका लागि सञ्चालन गरेको मेडिकल क्याम्पमा उपचारका क्रममा मंगलबार राति ८ः४२ मा मृत्यु भएको जानकारी  जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

अक्सिजन अभावमा बिरामी परेकी कैलाली जिल्ला अत्तरिया घर भएकी ६३ वर्षीया ईश्वरी बोहरोको सेनाको मेडिकलमा उपचार भइरहेको छ। 

बडिमालिकाको त्रिवेणीमा मृत्यु भएको बुढा र सिकिस्त बिरामी बोहाेरालाई ल्याउन नेपाली सेनाको हेलिकोप्टरका लागि पहल भइरहेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ।