१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
रासस काठमाडौं
Invalid date format १२:५o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

डेंगु रोकथामका लागि संसदमार्फत सरकारको ध्यानाकर्षण

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:५o:oo

पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्कीले डेंगु रोग रोकथामका लागि प्रभावकारी कदम चाल्न संसदमार्फत सरकारको ध्यानाकर्षण गराएका छन्।

संघीय संसद् प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा बोल्दै कार्कीले लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोग मुलुकभर फैलिएको र आतंक सिर्जना गरेको बताए। अहिले ज्वरोको लक्षण देखिएर अस्पताल जाने ७० प्रतिशतमा डेंगुको संक्रमण पुष्टि हुने गरेको उनको भनाइ छ।

‘अहिले डेंगु रोगले देशभर आतंक सिर्जना गरेको छ । यो रोग निवारणका लागि समुचित प्रबन्ध गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गर्न चाहन्छु,’ कार्कीले संसदमा भने, ‘जटिल अवस्थामा पुगेका बिरामीलाई विशेष अस्पतालको प्रबन्ध गरेर उपचार थालियोस्।’ औषधि र स्वास्थ्य सामग्रीको अभावका कारण बिरामीले उपचार पाउन नसकेकोबारे पनि कार्कीले सरकारको ध्यानाकर्षण गराए।

अहिले सुनसरी जिल्लामा मात्र १४ हजार दुई सय ६४ जना डेंगु रोगीका संक्रमित रहेको र त्यहाँ यसबाट मृत्यु हुनेको संख्या पनि बढिरहेकाले यो विषयमा गम्भीर हुनुपर्ने उनको जोड छ।